शिक्षा

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१०,वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार,पन्तले भोलि (बिहीबार) शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । ८ गते विद्या भट्टराईले स्वास्थ्यको कारण देखाइ शिक्षामन्त्रीबाट राजीनामा दिएपछि उनलाई नियुक्त गरिएको हो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१०, वैशाख काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले मंगलबार वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।...
कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ देखि हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
१०, वैशाख काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखे पनि अन्तिम समयमा परीक्षा सरेको हो  ...
१२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

१२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ । ‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्य...
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
९, वैशाख काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।...
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्डको बैठक बस्दै

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
९, वैशाख काठमाडौं । आज (मंगलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।...
प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

ताजा अपडेट, शिक्षा, समाचार
६, वैशाख काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड हस्तान्तरण गरेका छन् । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट रु ४३ लाख ५९ हजार ५४० मूल्यमा सामान प्राप्त गरेको हो । बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, “पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गरेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रूपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक पर...
राष्ट्रिय परीक्षा बोर्डले भन्यो : १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू

राष्ट्रिय परीक्षा बोर्डले भन्यो : १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू

ताजा अपडेट, शिक्षा, समाचार
६ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।...
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

ताजा अपडेट, शिक्षा, समाचार
३, वैशाख कञ्चनपुर । शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए । “शिक्षकरशिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावर...
महासंघले भन्यो-‘शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन’

महासंघले भन्यो-‘शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन’

ताजा अपडेट, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
२, वैशाख काठमाडौं । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ । संवादको क्रममा मन्त्रालयले ७ वटा बुँदा देखाएको तर ती बुँदा शिक्षकको हितमा नरहेको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । र्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच शिक्षकका माग सम्बोधन गर्न बैठक बसिरहेका बेला सहअध्यक्ष पराजुलीले मन्त्रिपरिषद्‍बाट गर्ने भनिएका निर्णय पनि शिक्षकको हितमा नरहेको बताएकी हुन् । ‘क्याबिनेटले गर्न सक्ने केही प्रस्ताव शिक्षा मन्त्रालयबाट आएको छ । अहिले बालविकासका शिक्षकले १७ हजार खाइरहेका छन् । अहिले १७ हजार ३ सय दिने रे । ३ सय थप गर्ने भनियो । त्यो पनि संघबाट दिनु न त भनेको हुँदैन रे,’ उनले भनिन्, ‘यसरी मन्त्रालयले तय गरेको रेड...