शिक्षा

मनाङमा ४६ विद्यार्थीले एसइई दिने

मनाङमा ४६ विद्यार्थीले एसइई दिने

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
४, चैत मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । चार वटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् । उनका अनुसार नासोँ गाउँपालिकाको प्रकाश ज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदै छन् । प्रकाश ज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेड वृद्धि परीक्षा दिन लागेका छन् ।...
बिहीबारदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बिहीबारदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
४, चैत भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जानकारी दिएको छ । परीक्षा नियन्त्रक पौडेलले, ‘गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन्’ भनी जानकारी दिए ।कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भए...
‘डाउन सिन्ड्रोम’ भएका विद्यार्थीलाई परीक्षामा विशेष सहुलियत

‘डाउन सिन्ड्रोम’ भएका विद्यार्थीलाई परीक्षामा विशेष सहुलियत

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२, चैत काठमाडौं । काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपांगता, डाउन सिन्ड्रोमलगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीलाई आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ । हिजो  आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको बैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध चिलाउनेसहितका सहुलियतसम्बन्धी निर्णय गरेको हो । विभागका अनुसार अहिलेसम्म छवटा विद्यालयका छ जना विद्यार्थीलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ । समितिले फागुन २२ गते विवरण पठाउन गरेको पत्राचारबाट यो संख्या प्राप्त भएको कामपाको भनाइ छ । शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपांगता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस...

एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

ताजा अपडेट, शिक्षा, समाचार
२९, फागुन काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने । पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।...
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२८, फागुन विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा हिजो पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन्। प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।  ...
एसइईमा पाँच लाख दस हजार परीक्षार्थी

एसइईमा पाँच लाख दस हजार परीक्षार्थी

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
२७, फागुन काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो । परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन् । विगतका वर्षमा पनि यस्तो देखिएको थियो । एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस ...
राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा
२०, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए । उनले भने, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारेका छन । उनले देशका दुर्गममा अझै पनि नागरिकले...
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
१८, फागुन इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छिन् । । नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त...
विद्यालय खाजामा लगानी बढाउन माग

विद्यालय खाजामा लगानी बढाउन माग

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
११, फागुन काठमाडौं । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका छन् । आज आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श’ कार्यक्रममा सरोकार भएकाहरूले यस्तो माग गरेका हुन् । विद्यालय उमेरका बालबालिकाका लागि पोषण अति आवश्यक भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाई स्तर वृद्धिको आधार निर्माण गर्ने भन्दै यसमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो । “पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोकरहित वातावरण निर्माण गर्छ, जसले शिक्षण सिकाइ र विद्यालयमा पहुँच विस्तारसमेत निकै टेवा पुग्छ । साथै स्वास्थ्य मानव पुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने हुँदा विद्यालयमा पोषणयुक्त खाजाका लागि लगानी बढाउन आवश्यक छ”, वक्ताहरूले भने । शिक्षा, विज्ञान तथा प्रविधि ...
कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

कक्षा ११ र १२को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
८, फागुन काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । हरेक परीक्षा बिहान ७ : ०० बजेदेखि १०ः ०० बजेसम्म सञ्चालन हुनेछ ।...