शिक्षा

स्ववियु निर्वाचनको १ महिना बाँकी हुँदा त्रिभुवन विश्वविद्यालयमा ताला लाग्यो

स्ववियु निर्वाचनको १ महिना बाँकी हुँदा त्रिभुवन विश्वविद्यालयमा ताला लाग्यो

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै निर्देशिकाप्रति असन्तुष्ट विद्यार्थी नेताहरूले रेक्टर कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद परिषद्‍मा ताला लगाएका छन् । पद्यमकन्या बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पसका स्ववियु अध्यक्ष प्रेम जैशीले रेक्टर खड्ग केसीको त्रिवि कार्यकक्षको ढोकामा ताला लगाएका छन्।आफूहरूसँग छलफल नै नगरी स्ववियु निर्वाचनको निर्देशिका बनाएको भन्दै उनीहरूले ताला लगाएको बताएका छन्। निर्देशिकाको बुँदा १३ (४) मा स्ववियु निर्वाचन सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल ४ चैतदेखि स्वतः समाप्त हुने भन्ने विषयलाई सच्याउन उनीहरूले माग गरेर विज्ञप्तिसमेत निकालेका छन्। ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८...
साहित्यकार एवम् लेखक हर्क याक्सोको ‘पैतालाका डोबहरु’ विमोचन,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले मिलायो प्रबन्ध

साहित्यकार एवम् लेखक हर्क याक्सोको ‘पैतालाका डोबहरु’ विमोचन,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले मिलायो प्रबन्ध

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार, साहित्य
सीता पौडेल(अर्चना) ४ फागुन,काठमाडौं । समाजसेवी एवम् साहित्यकार हर्क याक्सोको ‘पैतालाका डोबहरु’ शीर्षकको आत्मकथा विमोचन भएको छ । शनिबार विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमकाबीच उनको उक्त पुस्तकको प्रमुख अतिथि एवमं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरे,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँ लगायत कार्यक्रममा उपस्थित विशिष्ठ अतिथिहरुले विमोचन गरेका थिए। २ सय ८८ पृष्ठ लामो सो पुस्तकमा लेखकले नेपालको सामाजिक,राजनीतिक तथा शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई उजागर गर्दै जीवन जगतका उद्गारहरु अनि आत्माका स्वीकारोक्तिहरु उल्लेख गरेको विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् पुस्तकका टिप्पणीकर्ता गोपीकृष्ण प्रसाइँले बताए ।साथै  लेखकले जीवनमा भोगेका उतार–चढ...
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
२, फागुन काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए ।त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । “अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दै छौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्”, परीक्षा नियन्त्रक जोशीले भने । यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगा...
कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने

कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा, समाचार
१, फागुन काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थ...
त्रिविमा २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुल्यो

त्रिविमा २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुल्यो

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२४, माघ काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो । ३र४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो । वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको फाराम खुला गरेको हो । त्यसका लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भर्न भनेको हो...
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
१५, माघ पाल्पा । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ । दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा शिक्षकलाई ज्ञान, सीप प्रदान गरेर स्थानीय सामग्रीबाट निर्माण नगरपालिकाले सुरुआत गरेको हो । नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि व्यावहारिक ज्ञान, सीप दिइएको छ । प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी सीप सिकाइएको छ । शिक्षण कार्यमा सैद्धान्तिक ज्ञान, सीप मात्र नभई व्यावहारिक कुरा शिक्षण गरिनुपर्ने भएकाले विद्यार्थीलाई सरल माध्यमबाट बुझाउन, स्थानीय स्तरमा नै भएका स्रोतसाधन प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम दिइएको नगर श...
शिक्षाको विकासमा तीनै तहका सरकारबिच समन्वय आवश्यक छ : मन्त्री भट्टराई

शिक्षाको विकासमा तीनै तहका सरकारबिच समन्वय आवश्यक छ : मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१२, माघ गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् । प्रेस चौतारीले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गरे । सरकारले विसं २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढेको उनले बताए ।...
एसईई परीक्षा तालिका सार्वजनिक

एसईई परीक्षा तालिका सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१ माघ, काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आउँदो चैत ७ गतेदेखि सुरु हुने गरि एसईई परीक्षा तालिका सार्वजनिक गरेको हो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुने जनाइएको छ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।परिक्षा १९ गते सकिनेछ ।  ...
शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

ताजा अपडेट, शिक्षा, समाचार
२८, पुस काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो । आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष ४३६ पदका लागि विज्ञापन आह्वान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६९ पदका लागि कम विज्ञापन खोलिएको हो । आयोगले सातै प्रदेशका लागि नेपाली विषयका लागि ५१ जनाको लागि आवेदन माग गरेको छ ।...
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२५, पुस ढोरपाटन । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका(१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँ...