शिक्षा

भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२३,पुस काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । जसले गर्दा बिहान सात बजेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षको परीक्षा प्रभावित बनेको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समय १५ मिनेट थप गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार भूकम्पका कारण विद्यार्थीहरू त्रसित बनेपछि परीक्षा समय थप गरेको हो ।...
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२१, पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै त्रिविले दुवै भाषामा प्रश्न पत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्न पत्र सोध्न थालेको हो।...
मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
१८, पुस महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो । प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताएका छन् । प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उनले बताए ।...
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह: जुनसुकै क्षेत्रमा रहे पनि आदर्श व्यक्ति बन्नुस्

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह: जुनसुकै क्षेत्रमा रहे पनि आदर्श व्यक्ति बन्नुस्

ब्यानर-१, शिक्षा, समाचार
१३ पुस,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई जुन क्षेत्रमा रहेपनि आदर्श व्यक्तिको रूपमा स्थापित हुनुस् भन्दै आग्रह गरेका छन् । आज शनिबार त्रिवीको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई  आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, ‘ हामीले बनाउन खोजेको समाज एउट इमान्दार समाज हो । सुसंस्कृतिक समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ ।’ ‘सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले बाँचेका छन् ।सम्मानित जीवन बाँचेका छन् ।सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सीप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’प्रभानमन्त्री ...
आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१३,पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।त्रिवीले आज शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको  हो । त्रिवीका अनुसार समारोहमा यस पटक १४ हजार ३ सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन् । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित  हुँदै छन् ।स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तरतर्फ पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन् । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुन लागेका हुन् ।समारोहमा विभिन्न १७ वटा विधामा पुरस्कार वितरण पनि गर्ने त्रिवीले जनाएको छ । दीक्षान्त समारोहमा त्रिवीका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली,त्रिवीका सहकुलपति ...
त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न योग्यता परीक्षा उत्तीर्ण अनिवार्य

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न योग्यता परीक्षा उत्तीर्ण अनिवार्य

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
२८, मंसिर काठमाडों । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न चाहने व्यक्तिले विश्वविद्यालयद्वारा सञ्चालन गरिने योग्यता परीक्षण परीक्षामा उत्तीर्ण हुनुपर्ने भएको छ । ‘विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा’ नाम दिइएको उक्त परीक्षा उत्तीर्ण हुने व्यक्तिले मात्रै प्राध्यापन सेवामा प्रवेश गर्नका लागि सञ्चालन गरिने अर्को परीक्षामा सहभागिता जनाउन पाउने छन् । यो परीक्षा उत्तीर्ण हुनेहरूले मात्रै त्रिवि अन्तर्गतका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसहरू र विभागमा प्राध्यापन सेवामा प्रवेश गर्न पाउने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए । उनका अनुसार हाललाई उक्त परीक्षा विश्वविद्यालयले नै कुनै संरचना खडा गरेर सञ्चालन गर्ने छ तर विश्वविद्यालय अनुदान आयोगले हाल अध्ययन गरिरहेको राष्ट्रिय योग्यता परीक्षण (नेसनल इलिजिबिलिटी टेस्ट) कार्यान्वयनमा आएपछि भने यो व्यवस्था स...
शिक्षकको मासिक रूपमा तलब उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयको पत्र

शिक्षकको मासिक रूपमा तलब उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयको पत्र

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२१,  मंसिर काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिकरूपमा उपलब्ध गराउन सबै स्थानीय पालिकालाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मन्त्रालयलाई ताकेता गरेपछि सबै पालिकालाई शिक्षकको तलब उपलब्ध गराउन पत्राचार गरेको हो । ‘शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा पत्रको छाया प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको ब्यहोरा आदेशअनुसार अनुरोध छ,’ संघीय मन्त्रालयको पत्रमा छ ।शिक्षकहरूले तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई तलब उपलब्ध गराउन भनेको थियो ।  ...
स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२०, मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीहरूलाई मौका परीक्षा दिन आवेदन माग गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय,बल्खुले आज एक सूचना जारी गर्दै स्नातक तहमा पहिलो दोस्रो तेस्रो वर्ष सबै विषय पास भएको तर नियमित चौथो वर्षमा २ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि मौका परीक्षा दिन आवेदन माग गरेको हो । स्नातक तह चौथो वर्षको नतिजामा दुई वटा विषयमा अनुत्तीर्ण विद्यार्थीहरूले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परीक्षा फारम भर्न सक्ने छन्।...
शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२०, मंसिर काठमाडौं। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
१४, मंसिर लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रूप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरे । अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे । “मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो ।” प्रधानमन्त्री ओलीले भने, “घृणाले घृणा,...