शिक्षा

जुम्ला साक्षर जिल्ला घोषणा

जुम्ला साक्षर जिल्ला घोषणा

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
१३, मंसिर जुम्ला । कर्णाली प्रदेशको जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले विरुवामा पानी हालेर जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा गर्नु भएको हो । साक्षरता अभियान जिल्ला समन्वय समितिको आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेर जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशबहादुर मल्लका अनुसार जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर छन् । राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।...
सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

ताजा अपडेट, शिक्षा, समाचार
२, मंसिर पर्वत । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो । अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन् । महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् । हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाका नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका पनि लामो समय विद्यालयमा नटिक्ने समस्यापछि गाउँपालिकाले सामुदायिक विद्यालयबाट नै निजी विद्यालयसरहको शिक्षा दिन थालेपछि यस्तो हुन गएको दाबी गरेको छ । गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाले भने, “सुरुमा कक्षा १ देखि ३ सम्म दिवाखाजा कार्यक्रम सुरु गर्‍यौँ, यसले विद्यार्थ...
कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

ताजा अपडेट, शिक्षा, समाचार
३० कार्तिक,काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन्। बिहीवार काठमाडौँमा शिक्षा पत्रकारसँगको अन्तरसंवादमा मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। उनले कम्पनी ऐनबाट सञ्चालित भएकाले विगतमा शिक्षालाई नाफाका रूपमा लगानी गर्ने गरिए पनि अब कल्याणकारी अवधारणामा अघि बढ्नुपर्ने बताइन्। उनले विद्यालय शिक्षा विधेयक त्यही अवधारणामा ल्याउन आवश्यक रहेको बताइन्। उनले आजको सन्दर्भमा शिक्षामा नाफाको लागि लगानी गर्ने कुरालाई मुलुकको संविधानले स्वीकार नगर्ने बताइन्। उनले शिक्षा सेवा क्षेत्र भएको भन्दै यसलाई कमोडिटीको रूपमा प्रयोग गर्न नहुने उल्लेख गरिन्। उनले शिक्षा पब्लिक गुड भएको कुरा संविधानले स्पष्ट रूपमा बोलेको उल्लेख गरिन्।...
विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

खेलकुद, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
२७ कार्तिक,काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन १,२४७ जना, भलिबल १,२४७ जना, क्रिकेटमा ९६ जना, तेक्वान्दोमा ९२५ जना विद्यार्थीले रुची देखाएका छन् । बास्केटबलमा ८,९९ जना, कराँते ८९३ जना, कवड्डी ६९ जना, एथलेटिक्स ५४९ जना, बक्सिङ् ४७१ जना, चेसमा ३४६ जना, टेबुलटेनिस २७८ जना, खोखो २४५ जना, हक्कीमा १४९ जना, उ...
दलित मानव अधिकार पुस्तक–२०८० सार्वजनिक

दलित मानव अधिकार पुस्तक–२०८० सार्वजनिक

ताजा अपडेट, शिक्षा, समाचार
२४ कार्तिक,काठमाडौं । समता फाउण्डेसनद्वारा प्रकाशित दलित मानव अधिकार पुस्तक–२०८० शुक्रबार सार्वजनिक भएको छ । वन तथा वातावरण राज्यमन्त्री रुपा विक,फाउण्डेसनका अध्यक्ष डा.मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उक्त पुस्तक सार्वजनिक गरेका थिए। सार्वजनिक तथा निजी स्थानमा जातका आधारमा गरिने विभेद, छुवाछूत,निषेधका घटना भएका उजुरी दर्ता र मिलापत्र गरिएको विषय पुस्तकमा उल्लेख गरिएको छ। त्यसैगरी पेसा,व्यवसाय तथा श्रममा जातका आधारमा गरिने विभेद,छुवाछूत,निषेधकाका घटना विवरण पनि सो पुस्तकमा समावेश गरिएको छ । त्यस्तै अन्तरजातीय विवाहमा घटनापीडितलाई झुठो मुद्दा लगाइको,जातका आधारमा गाली बेइज्जती,अपमान,कुटपिट,धम्कीका घटना भएको,कानुनी प्रक्रियामा गएको कानुनी कारबाही भएनभएको पुस्तकमा समावेश गरिएको छ। धार्मिकस्थलमा जातका आधारमा विभेद,छुवा...
‘एसक्यूसी’ को १८औं सम्मेलन हुँदै

‘एसक्यूसी’ को १८औं सम्मेलन हुँदै

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२३ कार्तिक,काठमाडौं।स्कुले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम ‘विद्यार्थी गुणीय चक्र’ (एसक्यूसी) को १८औं राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । २४ कार्तिक देखि २६ कात्तिकसम्म काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर माविमा उक्त सम्मेलन हुने आयोजक क्वेस्ट नेपालले जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालका ७४ विद्यालयका ५ सयभन्दा बढी विद्यार्थी, १ सय पर्यवेक्षक, श्रीलंकाबाट अन्तर्राष्ट्रिय पर्यवेक्षक,शिक्षक, प्राध्यापक,शिक्षाविद् लगायत सहभागी हुने आयोजकले जानकारी गराएको हो। सम्मेलनमा ४ देखि १० कक्षाका विद्यार्थी सहभागी हुने र बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुदैछ ।...
रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं ।रोटरी डिष्ट्रिक्ट ३२९२ ले यहि आउँदो अक्टोर २४ तारिख अर्थात कार्तिक ८ गते बिहिबारका दिन काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा END POLIO NOW विशेष अभियान सञ्चालन गर्ने भएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको डिष्ट्रिक्ट पब्लिक इमेज कमिटले सोमबार काठमाडौंको थापाथलि स्थित रोटरी नेपालको कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर सो अभियान बारे जानकारी गराएको हो । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका रोटरी वर्ष २०२४–०२५का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनका अनुसार रोटरीले अक्टोर २४ लाई पोलियो दिवसको रुपमा मनाउँदै आइरहेको छ।  सो पत्रकार सम्मेलनमा गभर्नरर शेरचनले निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था रोटरीले विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको पनि  बताए ।...
त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
६ कार्तिक,काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ। त्रिविका अनुुसारा पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय,मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाइने भएको हो। सोमबार त्रिविले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई उक्त निर्णयबारे पत्राचार गर्दै लिखित जानकारी गराएको छ । पत्रमा भनिएको छ —यसअघिको मन्त्रालयको पत्रमा उल्लेखगरिएअनुसारको पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय,मानविकी सङ्काय,व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराउँदछौं । यद्यपि यसबारेमा २०८० साल चैत्र १६ गतेको बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी ...
‘गरिखाने शिक्षा,महानगरको इच्छा’ : काठमाडौंका सोह्र सामुदायिक विद्यालयमा शैक्षिक शिविर सुरु

‘गरिखाने शिक्षा,महानगरको इच्छा’ : काठमाडौंका सोह्र सामुदायिक विद्यालयमा शैक्षिक शिविर सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय
५ कार्तिक काठमाडौं ।काठमाडौंमहानगरपालिकाको योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत आजदेखि १६ वटा सामुदायिक विद्यालयमा शिविर सुरु भएको छ ।उक्त शिविरको नाम ‘फेस्टिभल क्याम्प’ राखिएको छ । प्रयोगात्मक तथा रचनात्मक सिकाइ,खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्न सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई दसैँतिहारबीचको छुट्टी उपयोग गरी शैक्षिक नतिजा सुधार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको कामपाले जनाएको छ ।  एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी भएका पाँच ठूला विद्यालय र ११ ओटा स्रोत केन्द्रमा शिविर सञ्चालन गरिएका छन् । यी विद्यालयहरुमा दैनिक कम्तीमा ७६ वटा कक्षा सञ्चालन हुनेछन् । एउटा केन्द्रमा कम्तीमा एक सय ५० जना विद्यार्थीलाई सहभागी गराउन सकिन्छ ।विद्यार्थीका लागि यो कार्यक्रम अनिवार्य भने नभएको कामपाको भनाई छ । ...

विद्यालय आइतबारदेखि तीन दिन बन्द

ताजा अपडेट, शिक्षा, समाचार
१३, असोज काठमाडौं । वर्षा र बाढीको प्रभावका कारण देशभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विपद्को दुःखद घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आम नागरिक सबैले संयमता अपनाई समन्वयात्मक रूपमा विपद् व्यवस्थापनमा जुट्न मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले आग्रह गरे । ‘देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेको छ,’ उनले भने, ‘हाललाई विश्वविद्यालय परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्...