शिक्षा

भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

ताजा अपडेट, शिक्षा, समाचार
१२, असोज काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन तथा भर्ना समिति संयोजक डा। किशोरचन्द्र दाहालले दिए । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हो।  ...
त्रिविद्वारा एआई प्रयोगमा प्रतिबन्ध

त्रिविद्वारा एआई प्रयोगमा प्रतिबन्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
८, असोज काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो । त्रिविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउँछन् । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ ।...
एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
८, असोज काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)पूरक (ग्रेड वृद्धि)को नतिजा सोमबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ५६।७८ प्रतिशत अर्थात् १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन् । २ लाख १० हजार तीन सय २१ जनाले परीक्षा दिएका थिए । २०८० मा सञ्चालित एसइई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार नन ग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्। कार्यालयले ८ जनाको उत्तर पुस्तिका रद्द गरेको छ। ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन्। त्यस्तै जीपीए ३.१...

अङ्ग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
४, असोज महोत्तरी । सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताए । प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा पहिला विद्यार्थी सङ्ख्या न्यून रहेको, नियमित नरहेको, विद्यालयमा अनुशासन नहुँदा विद्यार्थी विद्यालय चलिरहेकै समयमा कक्षा छाडेर भाग्ने तथा कतिपय विद्यार्थीले त कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलापसमेत गर्दै आएकामा अहिले उक्त विद्यालय यस क्षेत्रकै नमूनाका रूपमा विकास हुँदै गएको छ । विद्यालयमा अहिले एक...
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

ताजा अपडेट, शिक्षा, समाचार
२८, भदौ काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

ताजा अपडेट, शिक्षा, समाचार
२३ भदौ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो । आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलले जानकारी दिए । उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।    ...
परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न समकक्षता निर्धारण महाशाखाको निर्देशन(सूचना सहित)

परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न समकक्षता निर्धारण महाशाखाको निर्देशन(सूचना सहित)

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२३ भदौं,काठमाडौं ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतको पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। आइतबार सूचना जारी गर्दै महाशाखाले सो निर्देशन बारे उल्लेख गरेको हो । सूचनामा भनिएको छ– परिमार्जन गरिएका स्वास्थ्यतर्फका पाठ्यक्रमहरू परिषद् पाठ्यक्रम विकास समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएको हुँदा परिषद्का आगिक, साझेदारी,सामुदायिक तथा सम्बन्धन प्राप्त सबै शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०६१ र ०६२ मा भर्ना भएका विद्यार्थीहरूलाई अनिवार्य रूपमा सोही बमोजिमको पाठ्यक्रम अध्ययन अध्यापन गराउन आग्रह गर्दछौं । साथै महाशाखाले यस सम्बन्धमा कुनै सोधपुछ भएमा कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ। हेर्नुहोस् सूचना :    ...
पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, बिशेष, विचार, शिक्षा, समाचार
१९ भदौ,काठमाडौं।न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ। अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन शुरु भएको थियो। सो कानूनलाई राज्य विधानसभाले पारित गरेको बताइएको छ । तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी भएको जनाइएको छ । कानूनले बलात्कारका लागि सजायलाई वर्तमानको १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोकेको छ। चिकित्सकको हत्यापछि चिकित्सकहरूले हडताल गरेर भारतभर हजारौँ सर्वसाधारणले समर्थनमा जुलुस निकालेका थिए। पश्चिम बङ्गालमा विरोध प्रदर्शनहरू सत्तारूढ अखिल भारतीय तृणमूल कांग्रेस (एआइटिसी) र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा( सहित प्रतिद्वन्द्वी राजनीतिक दल...
सूचना उपलब्ध नगराउने अध्यक्ष पाण्डेलाई आयोगले गर्‍यो जरिवाना

सूचना उपलब्ध नगराउने अध्यक्ष पाण्डेलाई आयोगले गर्‍यो जरिवाना

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१८ भदौं,काठमाडौं। सूचना आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेमाथि कारबाहीका लागि सिफारिस गरेको छ। सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले बताइन्। प्रवक्ता थापाका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२,गोरुसिङ्गे निवासी बसन्त गिरीले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह,कपिलवस्तु समक्ष सूचना माग गरेका थिए।तोकिएको समयमा सूचना नपाएपछि गिरीले सूचना आयोगमा गत वर्ष कात्तिक २० गते पुनरावेदन गरेका थिए। पुनरावेदनको सम्बन्धमा आयोगबाट तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह,कपिलवस्तुका नाममा सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा (१) को उपदफा (२) बमोजिम ७ दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी कात्तिक २० मा आदेश भएको थियो। तर आयोगको आदेश पश्चात तोकिए...
गाउँमै अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने

गाउँमै अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१७, भदौ सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ । स्नातक अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यार्थी बढाउन गापाले भर्ना, मासिक शुल्कलगायतको शुल्क छात्रवृत्ति स्वरुप व्यहोर्न लागेको हो । सुनकोशी गापामा दुई क्याम्पस छन् । वडा नं ७ मा सुनकोशी क्याम्पस र वडा नं १ मा ठोकर्पा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । ती क्याम्पसहरुमा व्यवस्थापन र शिक्षा सङ्काय पढाइ हुन्छ । तर स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको रुचिमा दुवै क्याम्पसमा नपरेपछि क्याम्पस सञ्चालनमा मुस्किल परिरहेको छ । विद्यार्थी अभावमा क्याम्पस बन्द गर्नुपर्ने समस्या आउन नदिन गापाले विद्यार्थीको भर्ना, मासिक शुल्क व्यहोर्ने भएको हो । सुनकोशी गापाका सात वडाका विद्यार्थीले मात्रै उक्...