तीजमा पानी नखाएर र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन तोडौं,छाडा गीतहरु सुन्न छोडौं : पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य
सीता पौडेल(अर्चना)
१६ भदौं,काठमाडौं ।नेकपा (एमाले)की केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस वर्षको तीजदेखि पानी नखाई (निर्जला)र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन तोड्नु पर्ने बताएकी छिन् ।
शनिबार नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समन्वय कमिटिले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको तीज उत्सव–२०८१ कार्यक्रममा बोल्दै उनले यस ब्रतको कुनै अर्थ र औचित्य नरहेको र यसले नारीहरु मात्रै नभएर परिवारको समेत भलो नगर्ने हुँदा यस प्रकारको ब्रत बस्ने चलन तोड्नु पर्ने बताएकी हुन्।
सबै प्रदेशका समन्वय कमिटिहरुलाई समेटेर आयोजना गरिएको सो तीज विषेश कार्यक्रममा पूर्व मुख्यमन्त्री शाक्यले यस प्रकारका ब्रत तोड्ने संकल्प प्रस्ताव समेत गरिन् ।
गीतमै दुईवटा प्रस्ताव प्रस्तुत गर्दै उनले भनिन्, ‘हे.. यसपालीको तीजमा हाम्ले एउटा अठोट गरौं है,पा...









