शिक्षा

काभ्रेको बनेपामा उड्डयन व्यवस्थापनमा पढाइ हुने,सिद्धार्थ वनस्थली विद्यालयसँग गरियो साझेदारी

काभ्रेको बनेपामा उड्डयन व्यवस्थापनमा पढाइ हुने,सिद्धार्थ वनस्थली विद्यालयसँग गरियो साझेदारी

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा उड्डयन व्यवस्थापन (एभिएसन म्यानेजमेन्ट) विषयमा पढाइ हुने भएको छ। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा यहाँ स्नातक तहमा पढाइ हुने भएको हो। भेञ्चरका अध्यक्ष रामेश्वर थापाले भने,‘चार वर्षे तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ। ‘चार वर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यो विषयमा अध्ययन गर्न विदेशिनुपर्ने बाध्यता हट्नेछ।’ ‘चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने छन्। यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व...
कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
काठमाडौं । कक्षा १२ ग्रेड वृद्धि मौका परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड उत्तीर्ण भएका छन् । दुई विषयमा एनजी नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ ।...
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ । २०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।...
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि बोर्ड बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने भएको छ । प्राविधिक त्रुटि वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन् । यसैबीच कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।...
त्रिविले ल्यायो २६ अर्बको बजेट

त्रिविले ल्यायो २६ अर्बको बजेट

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ ।मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् । त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ ।आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने जनाएको छ ।...
रोटर्याक्ट क्लब अफ काठमाडौं नर्थले ग¥यो टोखाको शुभश्री वैकल्पिक महिला विद्यालयलाई सहयोग

रोटर्याक्ट क्लब अफ काठमाडौं नर्थले ग¥यो टोखाको शुभश्री वैकल्पिक महिला विद्यालयलाई सहयोग

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) रोटर्याक्ट कल्ब अफ काठमाडौं नर्थले टोखा नगरपालिका वडा नम्बर,७ को दाहाल गौंडामा अवस्थित ‘शुभश्री वैकल्पिक महिला विद्यालय’लाई सहयोग गरेको छ । रोटरी क्लब अफ काठमाडौं नर्थको माताहतमा रहेको उक्त क्लबले गत शनिबार सो विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर एक थान ल्यापटप र एक थान प्रोजेक्टर सहयोग गरेको क्लबकी निवर्तमान अध्यक्ष बिस्मिता तामाङले बताइन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं वडा नम्बर ७ की वडा अध्यक्ष शान्ता खनालको अध्यक्षता र रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष पिताम्बर पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर सहित एउटा कोठाका लागि आवश्यक पर्ने पर्दा र कार्पेट लगायतका सामाग्री पनि समेत हस्तान्तरण गरेको उनले बताइन्। विद्यालय शिक्षाबाट बन्चित भएका १५० जना भन्दा बढी महिलाहरुले अध्ययन गर्ने सो विद्यालयको शैक्...
कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक हुने

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक हुने

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।...
अब स्नातक तहको चौथो वर्षमा पनि मौका परीक्षाको व्यवस्था गरिने

अब स्नातक तहको चौथो वर्षमा पनि मौका परीक्षाको व्यवस्था गरिने

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं।विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भनेर त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ । त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले स्नातक तहको पहिलो,दोस्रो,तेस्रो वर्षको परीक्षामा उत्तीर्ण भएका तर चौथो वर्षमा एक वा दुई विषय लागेका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिएका छन् । प्राज्ञिक परिषद्ले आगामी वर्षदेखि लागू हुने गरी निर्णय गरे अनुसार त्रिविले चौथो वर्षको नतिजा आएको एक महिनाभित्र मौका अथवा पूरक परीक्षा सञ्चालन गर्नेछ। अहिलेसम्म सेमेष्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ ।  ...
एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ । जस अनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ ।  ...
स्याङ्जाको पुतलीबजारमा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

स्याङ्जाको पुतलीबजारमा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं ।स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ। पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका दुई छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। प्रवक्ता रानाका अनुसार उनीहरु घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका थिए। लक्ष्मी ९ र सुस्मिता ५ कक्षामा पढ्दै थिए ।...