शिक्षा

त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । सोमबार लागि तय भएको त्रिभुवन विश्व विद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्‌को बैठकले त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ। परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्।...

टोखा नगरपालिकाको वडा नं ९ ले कक्षा ११र१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नं ९ ले कक्षा ११र१२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका लागि वडाले आवेदन आह्वान गरेको हो । ‘हाम्रो वडामा हाम्रो अन्डरमा अहिले २ वटा क्याम्पसमा छन् । त्यसमा केही विद्यार्थी पठाउने हो,’ वडाध्यक्ष रामभक्त घिमिरेले भने, ‘अरु विद्यार्थीलाई आवश्यकताका आधारमा वडाबाट सिफारिस गर्छौं ।’ आफ्नो वडाको मात्रै नभई अन्य क्षेत्रका विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन पाउने वडाध्यक्ष घिमिरेले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था अथवा अवसरबाट वञ्चित भएकै कारण कोही पनि पढाइबाट वञ्चित नहून् भन्ने हाम्रो योजना हो’, उनले भने ।...
आजको मौसम : यी प्रदेशमा दिनभर वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा दिनभर वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा
काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशका कतिपय भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। त्यस्तै आज दिउँसो पनि दिनभरजसो नै कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी,मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भने,कोशी र मधेश प्रदेशका केही स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ । उता राति पनि कोशी,मधेश,बगमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी,मधेश,बागमती, लुम्बिनी र ग...
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उनले विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ जारी गरिएको स्पष्ट पारिन् । “शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको...
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न आग्रह

निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी सम्बन्धन शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै नियमित विपरीत सञ्चालनमा रहेको शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न सूचित गराउन सार्वजनिक आह्वान गरेकी हुन् । विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिका अनुसार पूरा गर्नुपर्ने न्यूनतम सर्त पूरा नगरेका र उत्कृष्ट १००० भित्र नपर्नेको हकमा हाललाई विद्यार्थी भर्ना नगर्न नगराउन हुन सबैमा मन्त्रालयले अनुरोध गरेको छ । निर्देशिकामा भएका प्रावधानहरूको परिपालनाको सुनिश्चितता गर्न र विद्यार्थी एवम् अभिभावकहरूले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरू छनोट गर्दा सम्बन्धित देशको प्रचलित कानुन बमोजिम स्वीकृति ग...
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक(ग्रेडवृद्धि) को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०८० को एसइईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड ९एनजी० अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।...
चिनियाँ नागरिक होटलमा मृत भेटिए

चिनियाँ नागरिक होटलमा मृत भेटिए

ताजा अपडेट, बिशेष, शिक्षा
चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् । यहि असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ५६ वर्षका चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान अस्पताल बाहिरको होटलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार क्यान्सर अस्पताल अगाडिको वर्षाना होटलको कोठा नम्बर ११९ मा बसी उपचार गराइरहेका उनी आज मृत भेटिएका हुन् ।...

रोटरी क्लब अफ कुपण्डोलको २४ औँ स्थापना दिवस : बोर्ड सदस्यहरुलाई सम्मान,शिर मेमोरियल अस्पताललाई ‘सिटी स्क्यान मेशिन उपलब्ध गराउने

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ललितपुर ।रोटरी क्लब अफ कुपण्डोलले २४ औँ स्थापना दिवस मनाएको छ । बिहिबार क्लबले रोटी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा ललितपुर स्थित सांग्रिला ब्लु होटलको  सभाहलमा एक समारोहको आयोजना गरि आफ्नो २४ औँ स्थापना दिवस मनाएको हो । क्लबक अध्यक्ष नबराज बरालले स्थापना दिवसका दिन क्लबका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको जानकारी दिए ।सो स्थापना दिवसको अवसरम अध्यक्ष बरालले रोटा वर्ष २०२३ ÷२४ मा क्लबलाई गतिशिल बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै बोर्ड सदस्यहरुलाई प्रशंसापत्रले सम्मान गरेका थिए।   साथै कार्यक्रममा रोटा वर्ष २०२४ ÷२५ को नयाँ कार्यसमितिमा अध्यक्ष लोचन जोशी सहितको नयाँसमितिले पदस्थापन समेत गरिएको थियो । औपचारिक रुपमा पदस्थापन गर्दै नवनिर्वाचित अध्यक्ष जोशीले निजी स्वा...
प्रेरक प्रसङ्ग : किन हतोत्साहित बन्ने ?

प्रेरक प्रसङ्ग : किन हतोत्साहित बन्ने ?

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, शिक्षा, समाचार, स्वास्थ्य
मनिषा गुरुङ काठमाडौं ।विगतमा जे–जे दुख ,कष्ट,नोक्सान आदि बेहोरिए पनि त्यस विषयलाई लिएर अहिले व्यर्थमा तड्पिनु,कल्पिनु र दुःख मनाउ गर्नु बेकार छ।किनभने त्यसबाट कुनै फाइदा छैन। हानी हुँदा दुःख र निराशा त हरेक व्यक्तिले प्रकट गर्न सक्छन्। रुन,कराउन र कायरता देखाउन त सबैलाई आउँछ।पौरख देखाउने हो भने, हानिबाट पनि लाभ उठाउन सक्नुपर्छ।दिक्दार मनलाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ। त्यस्तै बिग्रेको कुरालाई मिलाउन सक्नुपर्छ अनि फाटेको मनलाई सिलाउन सक्नुपर्छ।भने,दिक्दार मललाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ ।कुनै पनि बिग्रेको कुरा बनाउन र सपार्न बुद्धिमताको आवश्यकता पर्दछ।हानीमा रुनेहरु,आलस्य ,कायरता,मूर्खताको कारण हो।त्यसो भए किन मूर्ख बन्ने ? किन आफ्नो मनमा उब्जने चिन्ताका कारणहरुलाई हटाएर त्यसलाई आशा र उत्साहसँगै प्रेरणामा परिणत नगर्ने त? सुन्दास र मिल्टन अन्धा थिए तर उनिहरुले आफ्नो अन्धोपनक...

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा  (एसईई)   को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।...