शिक्षा

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२।१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक ९लिखित०तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी अनुत्तिर्ण ननग्रेड भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले उत्तीर्ण हुन प्रत्येक विषयमा न्यूनतम ३५...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने बताएका छन् । 

‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना हुँदै,१९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। नेपालमा ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना हुने भएको छ । आइतबार उमङ्ग क्रिएशन प्रालिले काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टीमा एक पत्रकार सम्मेलन गरेर उक्त सौन्दर्य प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आगामी भदौ ११ गते ‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। उनका अनुसार सो सौन्दर्य प्रतियोगिताका लागि आवेदन फाराम खुला गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि हिजो असार ९ गते आइतबारदेखि असार ३१ गतेभित्र  आवेदन फारम भर्नका लागि १९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुलाई आव्हान गरिएको छ । आवेदकको उचाई कम्तिमा ५ फिट, ३ इन्च हुनु पर्नेछ ।उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् । पत्रकार सम्मेलनमा उनले सहभागिहरुले ...
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वार्षिक कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।...
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजको अनुगमन काठमाडौं विश्वविद्यालयले गर्ने

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजको अनुगमन काठमाडौं विश्वविद्यालयले गर्ने

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं । मंगलबार चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । आयोगले काठमाडौँ विश्वविद्यालयलाई बीएण्डसी मेडिकल कलेजबारे निर्णय गराउने आयोगका सदस्य–सचिव कृष्णप्रसाद काप्रीले बताए । उक्त निर्णयबारे जानकारी गराएपछि काठमाडौँ विश्वविद्यालयले थप प्रक्रिया अगाडि बढाउने उनले बताए । उनले भने, ‘अब विश्वविद्यालयले अनुगमन गरेर भौतिक पूर्वाधार, फ्याकल्टीहरू सबै हेर्नेछ । त्यो क्रममा आयोगको टोली पनि जान्छ । भौतिक पूर्वाधार लगायतका विषय हेरेर सम्बन्धन पाएपछि सिट निर्धारण गरिन्छ ।’ काप्रीका अनुसार विश्वविद्यालयले सम्बन्धन दिएपछि अन्य प्रक्रिया अगाडि बढ्ने छ । आयोगले हरेक वर्ष मेडिकल कलेजहरूको सिट निर्धारण गर्दै आएको छ । सोही आधारमा यो वर्षका...
शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु  : मन्त्री श्रेष्ठ

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : मन्त्री श्रेष्ठ

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं।शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन्। मंगलबार शिक्षा मन्त्रालय सम्हालेको सय दिन पुरा भएको अवसमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने दाबी गरेकी हुन्। सो पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफ्नो सास भएसम्म शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने नीति लागू गर्न पहल गरिरहने बताइन्।अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएपनि यसले गतिलिएको र सबैको साथ र सहयोगले यस प्रकारको पहलले सार्थकता पाउने आशा जाहेर गरेकी छन् । शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षणमा असर पुग्ने भन्दै उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरिरहेको बताइन्।साथै उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनी...

प्रेरक प्रसंग : भोली भोग्नै पर्छ

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एक पटक कसैले एक जना साधुको गाई चोरेर लग्यो ।त्यो कुरा गाउँबस्तीमा फैलियो ।सबै जना साधुको कुटीमाा जम्मा भए। साधुले भने,‘मैले गाई लग्नेलाई देखेको थिएँ तर जपमा बसेको हुनाले म बोल्न सकिनँ। चोरले मलाई देखाइ –देखाई गाई लग्यो ।’ जम्मा भएका मानिसहरु चोरलाई गाली गर्दै थिए –गाईसम्म अब देख्न नहुने भइस्क्यो कसरी बाँच्ने ?यस्ता चोरलाई त समातेर चुट्नसम्म चुट्नुपर्छ ।अनि देख्छ अर्काको वस्तु चोर्दा कस्तो हुँदोरहेछ। कुटीमा जम्मा भएका मानिसहरुले विभिन्न कुरा सुनिसकेपछि साधुले सबैलाई चुप रहन संकेत गर्दै भने–त्यस चोरले मप्रति कुनै अन्याय गरेको छैन।गाई आजदेखि मेरो प्रारब्धमा थिएन त्यसैले उसले आएर लग्यो ।जे हुनु थियो,भयो । यस कामले त उसले आफूले आफैंप्रति अन्याय ग¥यो ।किनकि उसले चोरी काम ग¥यो । पाप काम ग¥यो । उसले गरेको पापको दण्ड आज नभोगे तापनि भोलि त अवश्य भोग्नै पर्छ,भगवानले प...
अनुपम म्युजिक पोखराको उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

अनुपम म्युजिक पोखराको उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

ताजा अपडेट, बिशेष, मनोरन्जन, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) पोखरा।अनुपम म्युजिक,पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ। शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।अबको परिवेशमा भाषणकला जीवनका लागि एक अनिवार्य कला भएको भन्दै उनले सबै वर्ग र क्षेत्रका मानिसहरुले यस प्रकारको सीप सिक्न जरुरी भएको बताए। साथै उनले वडाले पनि वडाभित्रका आमा समूह,टोल विकास समितिलगायतका विभिन्न संघसंस्थाहरुमा आबद्ध व्यक्तिहरुका लागि भाषण कला सम्बन्धी तालिम सञ्चालन गरेको र त्यस तालिमबाट धेरै जनाले लाभ लिएको जिकिर गरे ।यस्ता तालिमले मानिसको व्यक्तित्वलाई उच्च बनाउन मद्धत पुग्ने उनको भनाई छ। अनुराग अधिकारी,रुपिन्द्र प्रभावीलगायतका सम्बन्धित विज्ञहरु प्रशिक्षक रहेको सो तालिमको समापन समारोहमा वडा अध्यक्ष पराजुलीले अनुपम...
प्रेरक प्रसंग : को ठूलो ?

प्रेरक प्रसंग : को ठूलो ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एकपटक देवर्षि नारदको मनमा संसारमा ठूलो को हो ? भन्ने जान्न उत्सुकता जागेछ।धेरै बेरको चिन्तन मनन पश्चात पनि तथ्य कुरा थाहा पाउन नसकेकाले विष्णु भगवान सामु जानु भएछ र आफ्नो मनोभाव विष्णु भगवानसामु व्यक्त गर्नु भएछ । नारदको यस्तो उत्सुकता देखेर भगवान विष्णु मुस्कुराउँदै भन्नु भएछ – ‘हे नारद ! सबभन्दा ठूलो त यहि पृथ्वी देखिन्छ तर पृथ्वी भन्दा त समुन्द्र नै ठूलो हो । फेरी सम्पुर्ण समुन्द्र त अगस्त्य ऋषिले पिइदिएका थिए।भनि नारदले भने।अतः समुन्द्र कसरी ठूलो हुन सक्छ ? समुन्द्र भन्दा त अगस्त्य ऋर्षि ठूला भए तर अगस्त्य ऋषि त अनन्त आकाशको एक सिमित क्षेत्रमा केबल जुनकीरिसरह तारा बनेर चम्किरहेका छन्।यसैले उनि पनि ठूला भएनन् । उनीभन्दा त आकाश नै ठूलो भयो ।तिमीलाई थाहा छ वामन अवतरमा मैले सम्पुर्ण आकाश एकै फट्कामा नापिदिएको थिएँ ।तर म सबैभन्दा ठूलो किन छैन भने म त तिम्रो ...
स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने

स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने

ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा शिक्षकहरुको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ । शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै पालिकाले अन्य पालिकामा सरुवा भई जान शिक्षकलाई सहमति नदिने सूचना जारी गरेको छ । सूचनामा भनिएको छ,‘शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजाबारे विश्लेषण गर्दा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने शिक्षक सरुवा र पदपूर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको ठम्याइ हुन जाँदा हाललाई अर्को व्यवस्था वा निर्णय नहुदाँसम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भइ जानलाई सहमति दिइने छैन्।’  ...