शिक्षा

बजेटमा प्रधानमन्त्री छोरी : १० करोड विनियोजन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, शिक्षा
काठमाडौं ।सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको उल्लेख गरिएको छ। आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने बताएका छन्।साथै सरकारले आगामी आवमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गरेको छ। मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाउने पनि बताएका छन्। ...

सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, शिक्षा, स्वास्थ्य
काठमाडौं।सरकारले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । आज मंगलवार अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालकी स्व.धर्मपत्नीका नाममा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् । उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका छन्। ...

सूचना प्रविधितर्फ बजेट : बहुतले संरचनादेखि ‘ज्ञान पार्क’ सम्म

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं ।नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्न सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गरेको छ। आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइनुका साथै सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ। साथै उच्च गतिको इन्टरनेट,विद्युत,सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सन्चालनको काम अगाडि बढाउने सरकारले घोषणा गरेको छ।यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सन्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने बताइएको छ। सार्वजनिक,निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हबको लागि काठमाडौंको डिल्लीबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए।सरकारले ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै सरकारले सूचना प्रवि...

‘साथीबाट सिक्ने र साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष ÷आव २०८१÷०८२ मा ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस प्रकारको कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन्।  त्यस्तैगरी सरकारले यो आवमा विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ।...

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन,कक्षा ६ देखि नै छात्रवृत्ति,छात्रवृत्तिका लागि ६० करोड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौ। सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको बताएका हुन् ।यस्तै सरकारले छात्रवृत्तिका लागि ६० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् । अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ।हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो।यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको हो।...

वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द

शिक्षा, समाचार
वीरगञ्ज । वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिको आजको बैठकले अत्यधिक गर्मी बढेसँगै वीरगञ्जमा सञ्चालित विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए । भोलि (मंगलबार) भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए । पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भए...
शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत

शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत

शिक्षा, समाचार
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ। निर्देशिकाले शिक्षकले सरुवाका लागि आफैं विभिन्न ठाँउमा धाउनुपर्ने व्यवस्था अन्त्य गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा आवश्यकता अनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइट समेत प्रकाशन गर्नु पर्नेछ। स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा सबैको जानकारीका लागि राख्नुपर्नेछ। मन्त्रालयले शिक्षक सरुवा सम्बन्धि विभिन्न गुनासा सम्बोधन गर्न जिल्लान्तर सरुवा रोक्का गरेको थियो। यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु मन्त्रालयले जनाएको छ। सामुदायिक व...
त्रिविद्वारा उच्च शिक्षाको मान्यता र समकक्षता कार्यविधि २०७८ को सुझाव माग

त्रिविद्वारा उच्च शिक्षाको मान्यता र समकक्षता कार्यविधि २०७८ को सुझाव माग

ब्यानर-१, शिक्षा, समाचार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यता कार्यविधि २०७८ का लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो । त्रिविले उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्न समिति गठन गरेको थियो । उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ । उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् । एक सुचना प्रकाशित गर्दै त्रिविले ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।...

आज बुद्ध जयन्ती,बुद्धका उपदेशलाई मनन गरौं र जीवन धन्य बनाऔं

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ। इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ। बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशा...
शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

जीवनशैली, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पी भानु शर्माले शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्ने बताएका छन्। बुधवार राष्ट्रिय अभिभावक संघका पदाधिकारीहरुसँगको छलफलमा उनले शिक्षाले मानिसलाई आफ्ना क्षमतासँग परिचित गराउन सके मात्रैव्यक्तिको जीवनमा सिर्जनशीलता र उत्पादकत्व बढ्ने बताए।यसका लागि उनले अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुनु पर्ने आवश्यकता औंल्याएका छन् । उक्त छलफल कार्यक्रममा जीवन विज्ञानका गुरु शर्माले विद्यार्थीलाई व्यवहारिक र अध्यात्मको ज्ञान दिन सके मात्रै भावी पुस्तालाई असल र कुशल बन्न सहयोग पुग्ने स्पष्ट पारे । छलफलमा संघका पदाधिकारीहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य समभागिता रहेको जनाइएको छ । स्रोत–: जीवन विज्ञानको फेसबुक पेज...