शिक्षा

सिरोहिया पक्राउको विरोधमा धनुषा अदालत नजिक नेविसंघको नाराबाजी

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा धनुषा अदालत आसपासमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन ‘नेविसंघ’ले प्रदर्शन सुरू गरेको छ। नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको बताइएको छ।उनीहरु सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर,सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नाराअंकित प्लेकार्डसमेत बोकेर नारा लगाइरहेका छन्।...
शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनको व्यक्तिगत नाममा कुनै घर भने छैन । आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् । यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् । उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको...

प्रेरणै – प्रेरणा

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।वर्तमान अवश्थामा भौतिक प्रगतिको क्रम भव्य रुपले अगाडि बढिरहेको छ तर यसले तीन नचिताइएका र नचाहिँदा नतीजाहरु देखाएको छ। पहिलो हाम्रो विश्वको सीमित साधनलाई हेर्दा हेर्दा प्रगतिको क्रम असीमित रहन सक्दैन । प्राकृतिक विजय प्राप्त गर्ने होइन बरु प्राकृतिलाई सहयोग पु¥याउनु आवश्यक छ।हामी आफूलाई प्राप्त भएको वातावरणलाई खाएर सिध्याइरहेका छौं । मानव स्वभाव अपेक्षा गरिए अनुसार बढी कारुणीक बन्न सकेको छैन ।किनभने हामीले आफ्नो आत्मालाई बिर्सिएका छौं ।हामीले आफ्ना चाहानाहरुलाई अनियन्त्रित रुपले बढ्न दिएका छौं।र,ती चाहानाहरुलाई कुन दिशातर्फ लैजानु पर्ने हो भन्ने कुरामा हामी अन्योल र भ्रमित छौं । व्यापारिक प्रतिष्ठानहरुको सहायाताबाट नयाँ–नयाँ चाहनाहरुको सृजना भइरहेको छ।जसमध्ये धेरै बिल्कुलै कृत्रिम छन्।हामी सबै यिनीहरुको पछि–पछि दौडिरहेका छौं ।तर परिपूर्ति भने हुन सकेको छै...
बुढानिलकण्ठका उत्कृस्ट विद्यार्थीले विद्यालय चिनाउने अभियान थाल्दै,जेष्ठ १३ गते अभिमुखीकरण

बुढानिलकण्ठका उत्कृस्ट विद्यार्थीले विद्यालय चिनाउने अभियान थाल्दै,जेष्ठ १३ गते अभिमुखीकरण

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार, स्थानीय
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत उत्कृस्ट विद्यार्थीहरु मार्फत विद्यालय चिनाउनका लागि ‘टेक्सास टपर्स टक’ कार्यक्रम आयोजना हुने भएको छ। यहि जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि,विषेशता लगायतका विषयमा प्रस्तुतीकरण दिने भएका हुन्। विद्यालयका कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरु मध्येबाट छनौट भएका उत्कृस्ट विद्यार्थीका लागी भने,जेष्ठ १३ गते नै टेक्सास इन्टरनेसनल कलेजमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कपन अनलाइन न्युज पोर्टलका सम्पादक पुण्य प्रसाद पूडासैनिले जानकारी दिएका छन्। कपन अनलाइनद्धारा आयोजित उक्त कार्यक्रमलाई चावहिलको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले प्रायोजन गरेको छ।भने,भी एस कलेज,चावहिलले यसमा थप प्रवर्धनात्मक भ...
राजनीतिक दलमा लागेका शिक्षक र विद्यालय कर्मचारीको विवरण खोई ? : शिक्षा तथा मानव स्रोत विकास केन्द्र

राजनीतिक दलमा लागेका शिक्षक र विद्यालय कर्मचारीको विवरण खोई ? : शिक्षा तथा मानव स्रोत विकास केन्द्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । बुधबार केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायलाई गत वैशाख ७ गते पत्राचार गरेको थियो । हेर्नुहोस् पत्र  ...
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

कला, ताजा अपडेट, शिक्षा, समाचार, साहित्य
काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको आज निधन भएको छ । ९१ वर्षीय नेपालको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ । उपचारका लागि उनलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।नयराज पन्तका शिष्य समेत रहेका उनको नेपालको महाभारत चर्चित पुस्तक हो ।त्यस्तै नेपाल निरुक्त,यात्रा त्रयी,नेपाल निरुपण,नेपाल भोट-चीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन्।नेपालका २ छोरा छन् ।...
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा,१ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा,१ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले आज जेठ १ गते मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सो महोत्वस गरिने जानकारी दिएको हो।१ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताएका छन्। अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गर्न लागिएको उनको भनाई छ। अनेरास्ववियुले पत्रकारसम्मेलन लगतै बृहत मार्च पाससमेत गरेको थियो । अध्यक्ष बडालका अनुसार ‘नेपालमै पढ्छु,म बनाउँछु मेरो देश नेपाल’ भन्ने नाराका साथ युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेहको भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्ने उद्देश्यले महो...
त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी

त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गालाई विश्वविद्यालयकै मातहतमा ल्याउन संसदीय समितिले चासो देखाएको छ। त्रिभुवन विश्वविद्यालयको विभिन्न ठाउँमा अतिक्रमण भएको जग्गालाई विश्वविद्यालयकै मातहत ल्याउन प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चासो देखाएको हो। आइतवार बसेको समितिको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ,त्रिविका उपकुलपति प्राडा केशरजंग बराल,त्रिविका रेक्टर डा खड्ग केसी र रजिष्ट्रार केदार रिजाल पनि सहभागि भएर यस विषयमा छलफल गरिएको बताइएको छ। छलफलका त्रिविको अतिक्रमित जग्गा फिर्ताको प्रक्रिया थाल्न ढीला गर्न नहुने विषयलाई प्राथमिकतामा राखेर छलफल भएको थियो ।जग्गा अतिक्रमणमा पहुँचवाला मान्छे संलग्न भएको र उनीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबैको एक स्वर थियो । बैठकमा गुठीका जग्गामा पनि ठूला ठूला मान्छेक...
बूढानीलकण्ठलाई चिनाउन बुष्टिङ बूढानीलकण्ठ अभियान : दोस्रो चरणमा प्रधानाध्यापकसँग पदयात्रा

बूढानीलकण्ठलाई चिनाउन बुष्टिङ बूढानीलकण्ठ अभियान : दोस्रो चरणमा प्रधानाध्यापकसँग पदयात्रा

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं। काठमाडौंको उत्तरी भेगमा अवस्थित बूढानीलकण्ठ नगरपालिकालाई स्वदेश र विदेशमा चिनाउनुका साथै यसको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुष्टिङ बूढानीलकण्ठ’ अभियान थालिएको छ । शिवपुरी पर्वत श्रृखलाको फेदीमा रहेको यो नगरपालिका शैव,वैष्णव र बौद्ध धर्मालम्वीको आस्थाको केन्द्रका रुपमा रहेको नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका रहेको हुनाले यसलाई विश्वसामु चिनाउनु र आन्तरिक तथा बाह्य पर्यटक भित्राएर प्रवद्धनमा सहयोग पु¥याउन बुष्टिङ बूढानीलकण्ठ अभियान सञ्चालन गरिएको अभियानका संयोजक स्थानीय पुण्य प्रसाद पूडासैनिले जानकारी दिए । कपन अनलाइन न्युज पोर्टलका प्रधान सम्पादकसमेत रहेका पूडासैनिका अनुसार बुढानीलकण्ठको धार्मिक,सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्राउनु यस अभियानको मूल उद्देश्य रहेको छ।सोह...
बर्दघाट नगरपालिकाको उर्दि : राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु

बर्दघाट नगरपालिकाको उर्दि : राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार, स्वास्थ्य
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो उर्दीसहित अभियान सञ्चालन गरेको हो। आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्ने र सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताएका छन् । ‘जनसङ्ख्या,भूगोल,उत्पादन,कर संकलनको अवस्थालगायत मापदण्डका आधारमा ‘वडालाई स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिने व छ।’ नगरप्रमुख श्रेष्ठले भने। नगरप्रमुख श्रेष्ठका अनुसार हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन्।...