विद्यार्थी बोक्ने सवारीको गति निर्धारणबारे गृहमन्त्रीको चासो
काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेका छन् ।
गाडीको गति बढी हुँदा बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई गति निर्धारणबारे जिम्मेवार बन्न आग्रह गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनको दुर्घटना न्यूनीकरण गर्न सवारी साधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएको पत्रमा उल्लेख गरेका छन् ।...
