खेलकुद

पेरिस ओलम्पिक :  टेबल टेनिसको खेलाडी छनोट प्रतियोगिता नेपालमा हुने

पेरिस ओलम्पिक : टेबल टेनिसको खेलाडी छनोट प्रतियोगिता नेपालमा हुने

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
ललितपुर ।आगामी जुलाईमा फ्रान्समा आयोजना हुने ३३ औँ गृष्मकालीन ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। पेरिस ओलम्पिकको छनोट प्रतियोगिता मे १३ देखि १५ सम्म काठमाडौंमा हुने  नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको हो। नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै बंगलादेश,माल्दिभ्स,पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रका खेलाडी सहभागी हुने छ । उनले ती ५ वटै देशबाट २-२ पुरुष र २-२ महिला गरी २० खेलाडीको सहभागिता रहने बताएका छन्।  ...
प्रिमियर लिग रोमाञ्चक बन्दै,सिटी र आर्सनल विजयी

प्रिमियर लिग रोमाञ्चक बन्दै,सिटी र आर्सनल विजयी

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिस प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले जित दर्ता गरेको छ।घरेलु मैदानमा भएको खेलमा सिटीले उल्भस माथि ५९–१ को फराकिलो जीत दर्ता गरेको हो। जितसँग ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ।पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ। गएराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई ३–० ले हराएको छ।...
गोदावरी मेयर कप : कीर्तिपुरको जित,तारकेश्वर पराजित,नागार्जुन पनि क्वार्टरफाइनलमा

गोदावरी मेयर कप : कीर्तिपुरको जित,तारकेश्वर पराजित,नागार्जुन पनि क्वार्टरफाइनलमा

खेलकुद, ब्यानर-२, समाचार, स्थानीय
ललितपुर । गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा कीर्तिपुर नगरपालिका प्रवेश गरेको छ। प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका,नागार्जुन नगरपालिका,चन्द्रागिरि नगरपालिका,महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन्। गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले जित हाँसिल गरेको हो ।खेलमा कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरेका थिए ।भने,इन्द्रबहादुर बस्नेतले २ गोल गरेका थिए। जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ।मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर ...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

कला, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेपछि विजयी भएको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेर विजय हाँसिल गरेको हो। जितका लागि रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । फेर्मिन लोपेजले एक गोल गरेका थिए। भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक–एक गोल गरेका थिए। जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ।  ...

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते हुँदै

कला, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २४ गतेदेखि हुने प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको हो।पुरुषमा ५० ,६० , ७० केजीमुनि र ७० केजीमाथिको तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकको भनाई छ । नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष पुष्प मानन्धरले बताएका छन्। स्पर्धामा शीर्ष तीन स्थानलाई पुरस्कार प्रदान गरिने बताइएको छ।त्यसमा क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजककको भनाई छ।दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भनिएको छ।...

ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीको घोषणा

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीले घोषणा गरेको छ । दुई टीमसँग खेल्ने २३ सदस्यीय टोली घोषणा गर्दै नेपालले ब्रिटिश आर्मी टीम र र इङ्गल्यान्डसँग क्रमशः मे ३ र मे ६ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।  

कोशी प्रदेश राष्ट्रिय महिला लिगमा छनोट

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।कोशी प्रदेश राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ ।सुर्खेतमा भइरहेको एन्फा महिला लिग छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरी खेलेपनि कोशीले शीर्ष तीनमा रहने पक्का भएको छ । यसअघि लगातार चार खेल जितेको कोशीको यो पहिलो बराबरी हो । ५ खेलबाट कोशी १३ अंकसहित शीर्ष स्थानमा छ । कोशीले अब बागमती प्रदेशसँग खेल्न बाँकी छ ।सात प्रदेश सहभागि छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली आसन्न राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । मधेशलाई शीर्ष तीनमा रहेर राष्ट्रिय लिगमा छनोट हुन अन्तिम खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशले समान ९ अंक छ र दोस्रो र तेस्रो स्थानमा छ । दुवै टिमले समान चार खेल खेलेका छन् । अब आगामी मंगलबार कर्णाली र सुदूरपश्चिमबीच खेल हुँदैछ । यस खेलको विजेता शीर्ष तीनमा रहने पक्का हुनेछ । त्यसपछि कर्णालीले गण्डकी ...

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपाललाई २ रजत र ४ कास्य

खेलकुद, ताजा अपडेट, समाचार
ललितपुर । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ ।अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ बटै कास्य पदक जितेको छ । यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १–१ कास्य पदक नेपालले आफ्नो पोल्टामा पारेको छ ।सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए।बिहीबार सम्पन्न खेलमा संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन्। संजिव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनौट भएका छन्।फाइनल पुग्नु अघि विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खात...

आईपीएलमा हैदराबाद बेंगलोरसँग पराजित

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ ।२ ०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।अभिषेक शर्मा ३१,ट्रविस हेड १,एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भएका थिए भने, प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भएका छन् । त्यस्तै खेलमा बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिएका थिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । भने,बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।...

वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं  ।नेपाल क्रिकेट सं‌घ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आज बिहिबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो। नेपालको टिममा कप्तान रोहित पौडेल,कुशल भुर्तेल,आसिफ शेख,दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल,सन्दीप जोरा,गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी,ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन्।वेस्ट इन्डिजले सन् २०१६ को टी–ट्वेन्टी विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी यो टिममा छन्। वेस्टइन्डिजको टिमको कप्तानमा रोस्टन चेज र उपकप्तानमा एलिक एथानेज रहेका छन्। त्यसैगरी टिममा फबिएन एलन, कदिप एलियन, जोसुवा विसोप, केसी कार्टी, जोसनस चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर माथ्यु फर्ड लगायत १४ उत्कृष्ट खेलाडी रहेका छन्। सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। पाँच ...