खेलकुद

ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीको घोषणा

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीले घोषणा गरेको छ । दुई टीमसँग खेल्ने २३ सदस्यीय टोली घोषणा गर्दै नेपालले ब्रिटिश आर्मी टीम र र इङ्गल्यान्डसँग क्रमशः मे ३ र मे ६ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।  

कोशी प्रदेश राष्ट्रिय महिला लिगमा छनोट

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।कोशी प्रदेश राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ ।सुर्खेतमा भइरहेको एन्फा महिला लिग छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरी खेलेपनि कोशीले शीर्ष तीनमा रहने पक्का भएको छ । यसअघि लगातार चार खेल जितेको कोशीको यो पहिलो बराबरी हो । ५ खेलबाट कोशी १३ अंकसहित शीर्ष स्थानमा छ । कोशीले अब बागमती प्रदेशसँग खेल्न बाँकी छ ।सात प्रदेश सहभागि छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली आसन्न राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । मधेशलाई शीर्ष तीनमा रहेर राष्ट्रिय लिगमा छनोट हुन अन्तिम खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशले समान ९ अंक छ र दोस्रो र तेस्रो स्थानमा छ । दुवै टिमले समान चार खेल खेलेका छन् । अब आगामी मंगलबार कर्णाली र सुदूरपश्चिमबीच खेल हुँदैछ । यस खेलको विजेता शीर्ष तीनमा रहने पक्का हुनेछ । त्यसपछि कर्णालीले गण्डकी ...

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपाललाई २ रजत र ४ कास्य

खेलकुद, ताजा अपडेट, समाचार
ललितपुर । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ ।अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ बटै कास्य पदक जितेको छ । यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १–१ कास्य पदक नेपालले आफ्नो पोल्टामा पारेको छ ।सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए।बिहीबार सम्पन्न खेलमा संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन्। संजिव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनौट भएका छन्।फाइनल पुग्नु अघि विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खात...

आईपीएलमा हैदराबाद बेंगलोरसँग पराजित

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ ।२ ०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।अभिषेक शर्मा ३१,ट्रविस हेड १,एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भएका थिए भने, प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भएका छन् । त्यस्तै खेलमा बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिएका थिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । भने,बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।...

वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं  ।नेपाल क्रिकेट सं‌घ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आज बिहिबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो। नेपालको टिममा कप्तान रोहित पौडेल,कुशल भुर्तेल,आसिफ शेख,दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल,सन्दीप जोरा,गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी,ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन्।वेस्ट इन्डिजले सन् २०१६ को टी–ट्वेन्टी विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी यो टिममा छन्। वेस्टइन्डिजको टिमको कप्तानमा रोस्टन चेज र उपकप्तानमा एलिक एथानेज रहेका छन्। त्यसैगरी टिममा फबिएन एलन, कदिप एलियन, जोसुवा विसोप, केसी कार्टी, जोसनस चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर माथ्यु फर्ड लगायत १४ उत्कृष्ट खेलाडी रहेका छन्। सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। पाँच ...

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

खेलकुद, ताजा अपडेट, ब्यानर-२, स्थानीय
काठमाडौँ, पुस १४ गते । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपियाँ पुरस्कार पाएको छ । ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल दिनेश हेम्जनले गर्नुभएको थियो । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजीले एक एक गोल गर्नुभयो । धनगढी पहिलो संस्करणमा पनि उपविजेता बनेको थियो । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । ओलावाले अफिजले खेलको ३९औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका इमो एजिकेलले बराबरी गोल फर्काउनुभयो । ५१औँ मिनेटमा दिनेशले गोल गर्दै टो...