खेलकुद

आईपीएलः कोलकाता फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ । कोलकाता नाईट राइडर्स इंडियन प्रिमियर लिग ९आईपीएल० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा हैदराबादविरुघ ८ विकेटको जित दर्ता गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । यस्तै वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाएका थिए । हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रनमा समेटियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा...

आईपीएलको पहिलो क्वालिफायमा कोलकाता र हैदराबाद भिड्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल आज हुँदैछ । पहिलो ‘क्वालिफायर’ खेलमा कोलकाता नाइट र राइडर्सले सनराइजर्स हैदराबाद भिड्दै छन् । उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीले भने ‘एलिमिनेटर’ खेलको विजेतासँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ । कोलकाता नाइट राइडर्स लिग चरणको खेलमा पहिलो हुँदै प्ले–अफ चरणमा प्रवेश गरेको हो । कोलकाताले लिग चरणमा आफूले खेलेको १४ मध्ये नौ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कोलकाताको दुई खेल भने अनिर्णीत रूपमा सकिएको थियो । यसैगरी हैदराबाद लिग चरणमा १७ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेर प्ले–अफ चरणमा प्रवेश गरेको हो । हैदराबादले लिग चरणमा खेलेको १४ मध्ये आठ...
प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित

प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित

खेलकुद, ताजा अपडेट, समाचार
लण्डन ।इंग्लिस क्लब म्यानचेस्टर सिटीका फिल फोडेन  र खदिजा शाँ प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् । मिडफिल्डर फोडेनले मेन फुटबलर अफ द इयर तथा फरवार्ड खदिजाले वुमन फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् । फोडेनले जारी सिजनमा सिटीका लागि २४ गोल गर्नुका साथै १० गोलका लागि सहयोग गरेका छन् । भने,जमैकाकी खदिजाले सिटीकै अलेक्स ग्रिनवुड र चेल्सीकी लाउरेन जेम्सलाई पछि पार्दै सिटीका लागि २१ गोल गरिसकेकी छिन् ।...
क्रिकेटर सन्दिपले पाए सफाइ

क्रिकेटर सन्दिपले पाए सफाइ

खेलकुद, ब्यानर-१, समाचार
काठमाडौँ । जबर्जस्ती करणी मुुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दिप लामिछानेले उच्च अदालत पाटनबाट आज सफाइ पाएका छन् । काठमाडौँ जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै न्यायाधिशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएको हो । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। यससँगै सन्दिप निर्दाेष सावित भएका छन् ।...
सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी

खेलकुद, समाचार
काठमाडौँ । बलात्कार अभियोगमा दोषी ठहर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनमा सुनुवाइ अहिले चलिरहेको छ । क्रिकेटर लामिछानेको मुुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा परेको छ । यही वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा परेको थियो । मंगलबार सन्दिपको मुुद्दा एक नम्बरमा नै परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिररा...
सन्दीप लामिछाने बलात्कार प्रकरणः आज उच्च अदालतमा पेशी

सन्दीप लामिछाने बलात्कार प्रकरणः आज उच्च अदालतमा पेशी

खेलकुद, ब्यानर-१, समाचार
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको लामिछानेको मुद्दा गत वैशाख २३ गते हेर्न नमिल्ने सूचीमा परेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । लामिछानेले जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।...

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेको कानूनी प्रकृयामा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि बहस गर्ने भएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने टीममा जोडिएका छन्।उच्च अदालतमा विचाराधीन मुद्दाका लागि यस अघि पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए। यस्तै,वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन्।टीमको संयोजन अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन्। जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको छ।देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए। राजनीतिज्ञ बिडारी फरक वाककलाका लागि प्रख्यात छन्। सन्दीपको मुद्दामा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो।अहिलेसम्म एक पटक भएको सुनवाइ...

मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले ग¥यो विभिन्न आठ निर्णय

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले विभिन्न आठ वटा एजेण्डामा छलफल गरि निर्णय गरेको छ । आइतबार प्रस्तुत कार्यसूची उपर छलफलबाट खेलकुद पूर्वाधारको निर्माण,व्यवस्थापन र सञ्चालनको लागि सङ्घ,प्रदेश र स्थानीय तहमा वर्गीकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गीकरण समितिले पेस गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाउने निर्णय गरेको  बताइएको छ । मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद्,राष्ट्रिय युवा परिषद्,नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई सङ्घीयता अनुकूल हुने गरी शासकीय प्रबन्ध मिलाउने अर्को निर्णय बैठकले गरेको छ । राष्ट्रिय युवा नीति÷राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रूप दिने भएको छ।य...
फ्रेन्च क्लब छाड्ने एमबाप्पेको घोषणा

फ्रेन्च क्लब छाड्ने एमबाप्पेको घोषणा

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।फ्रेन्च स्टार स्ट्राइकर केलिएन एमबाप्पेले यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन्। २५ वर्षीय एमबाप्पेले आफ्नो सोसल मिडियामार्फत एक भिडियो सार्वजनिक गर्दै फ्रेन्च क्लब छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।‘मैले सधैँ भन्ने गरेको छु कि म सयम आएपछि तपाईंहरुलाई भन्नेछु’, एमबाप्पेले भने, ‘पीएसजीमा मेरो यो अन्तिम वर्ष हो।म नवीकरण गर्ने छैन र मेरो यात्रा केही सातामा समाप्त हुनेछ ।’ पीएसजीसँग एमबाप्पेको सम्झदता जुनमा सकिँदैछ । यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले फेब्रुअरीमै एमबाप्पेले रियल मड्रिडसँग सम्झौता गर्ने सहमति गरिसकेको खुलासा गरेको थियो । फ्रान्सबाट सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले पीएसजीका लागि कीर्तिमानी २५५ गोल गरेका छन् ।उनले पीएसजीका लागि घरेलु मैदान पार्क डे प्रिन्समा आइतबार अन्तिम लिग खेल खेल्दैछन् ।पेरिसमा जन्मेका एमबाप्पेल सन् ...
सन्दीपको मुद्दासँग मुछेर मेरो चरित्रहत्या गर्ने दुष्प्रयास भइरहेको छ : पारस खड्का

सन्दीपको मुद्दासँग मुछेर मेरो चरित्रहत्या गर्ने दुष्प्रयास भइरहेको छ : पारस खड्का

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सन्दीप लामिछानेको मुद्दासम्बन्धमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने दुष्प्रयास गरिएकोमा आपत्ति जनाएका छन्। बुधवार आफ्नो फेसबुक वालमा लेखेका छन्, सचिव पारसले ‘पछिल्लो केही समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’उनले आफूमाथि भइरहेको नियोजित षड्यन्त्रविरुद्ध ढिलो चाँडो कानुनी कारबाहीमा जाने पनि उल्लेख गरेका छन्। ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ’,उनले भनेका छन्,‘यो सबैका बीच समेत तर्कहीन तरि...