स्वास्थ्य

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
११, पुस काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए । उनले निजको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।...
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा

सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा

ताजा अपडेट, समाचार, स्वास्थ्य
९, पुस काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।...

मंकीपक्सबाट बच्न सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
६, पुस काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा पुनस् मंकीपक्स पुष्टि भएपछि आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ । साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरूसमेत तोकी विशेषज्ञहरू तोकिसकिएकोले हुनाले उनीहरूबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्...
नेपालीलाई पहिलोपटक देखियो ‘मंकीपक्स’

नेपालीलाई पहिलोपटक देखियो ‘मंकीपक्स’

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
५, पुस काठमाडौं । नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो । अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिसँग ट्रेसिङ भइरहेको मन्त्रालयका एक अधिकृतले बताए ।चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।...
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
४, पुस काठमाडौं । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स ९गाभी०को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए। ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने जानकारी दिए । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ । पन्ध्र दिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए ...
निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन

निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२८, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ । त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णयमा भनिएको छ ।...
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१९, मंसिर काठमाडों । जाडोमा छाला सुक्खा हुने, फुट्ने, घाउ हुने सम्भावना बढी रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने आवश्यक हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छालामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ । अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।जाडो याममा मनतातो पानीले थोरै समय लगाएर नुहाउने र नुहाउने बेला मा धेरै तातो पानीले लामो समय लगाएर ननुहाउने । धेरै तातो पानीले छालामा भएका प्राकृतिक तेलहरु लाई नाश गर्दछ र तेलको मात्रा घटाई छालालाई थप सुक्खा बनाउँछ । धेरैै मानिसहरु जाडोमा न्यानो रहनको लागि घण्टौ घाम ताप्छन् । लामो समय घाम ताप्नाले घामले छाला ढड्न गइ चायाँ पोतो समेत आउन सक्छ।यी जोखिमवाट बच्न जाडोमा धेरे बेर घाम नताप्ने, घाम ...
काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई बालेनले शपथ गराए

काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई बालेनले शपथ गराए

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
१८, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।...
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा

ताजा अपडेट, समाचार, स्वास्थ्य
१५, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्स(रे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सेवा दिइने छ स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स(रे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए । कामपाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा...
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
१४, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रूपमा विकास गरिन लागेको जानकारी दिएका छन् । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले भने, “सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टीकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रूपमा घोषणा गरेको छ, यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिन्छ । ” स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्टद्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यर...