स्वास्थ्य

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

ताजा अपडेट, समाचार, स्वास्थ्य
११, मंसिर गोरखा । भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो ।“सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरू आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भने ‘‘आँखाको उपचार सहज रूपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजनसमेत गरेको छ ।” सेवा केन्द्रमा तत्काल एकजना नेत्र सहायक नियुक्त गरी सेवा सुरु गरिएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तथ...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
११, मंसिर चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।” अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।...
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

ताजा अपडेट, समाचार, स्वास्थ्य
९, मंसिर काठमाडों । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आइतबार चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेन्डामा सामान्य विषय मात्र समेटिएका छन् ।  ...
अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
६, मंसिर काठमाडौं । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए । उनले भने, “ड्रेसकोडको पालना भएरनभएको परिषद्बाट नियमित अनुगमन हुनेछ ।...
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
४, मंसिर भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने गरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबा...

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका भेटघाट बन्द

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२० कार्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका कुनै पनि भेटघाट बन्द गरिएको छ । ज्वरोका कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएको छ । हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।...

यी तीनवटा सरकारी अस्पतालमा अब बालबालिकाको क्यान्सर उपचार निःशुल्क

ताजा अपडेट, ब्यानर-२, विचार, समाचार, स्वास्थ्य
१२ कात्तिक, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री पौडेलले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा सो सेवा निःशुल्क गर्ने निर्णय मन्त्रीस्तरीय निर्णया गरेका हुन् ।सो व्यवस्था मंसिर १ गतेबाट लागु गरिने व्यवस्था मिलाइएको उनले बताएका छन् । विरामी बालबालिकाको पारिवारिक आर्थिक अभावका कारण अकालमा मृत्यु नहोस् र समयमै उपचार गरेर ज्यान बचाउन सकियोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताएका छन् ।उनले भनेका छन् — समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं ।...

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२को ‘इन्ड पोलियो नाउ’ अभियान : विश्व पोलियो दिवसमा सातै प्रदेशमा र्‍याली

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ८ कात्तिक,काठमाडौं ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटान अन्तर्गतको रोटरी नेपालले विश्व पोलियो दिवसको अवसरमा देशका सातै प्रदेशमा एकै समयमा सचेतना र्‍याली निकालेको छ। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी डिष्ट्रिक्ट पब्लिक इमेज कमिटिको आयोजनामा ‘इन्ड पोलियो नाउ’ अभियान अन्तर्गत विश्व पोलियो दिवस अक्टोर २४ का दिन आज बिहिवार पोलियो सम्बन्धी सचेतना र्‍याली निकालिएको हो । यस अवसरमा र्‍यालीसँगै देशका सातै प्रदेशबाट साइकल र्‍याली,म्याराथन लगायत विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको रोटरी नेपालका वर्ष २०२४÷२०२५का डिष्ट्रक्ट पब्लिक इमेज कमिटी प्रमुख अमित गिरीले जानकारी दिए। कमिटी प्रमुख गिरीका अनुसार ललितपुरको जावलाखेलबाट शुरु भएको सो ¥याली थापाथली भद्रकाली,सहिदगेट हुँदै टुँडिखेलमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।र्...
रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं ।रोटरी डिष्ट्रिक्ट ३२९२ ले यहि आउँदो अक्टोर २४ तारिख अर्थात कार्तिक ८ गते बिहिबारका दिन काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा END POLIO NOW विशेष अभियान सञ्चालन गर्ने भएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको डिष्ट्रिक्ट पब्लिक इमेज कमिटले सोमबार काठमाडौंको थापाथलि स्थित रोटरी नेपालको कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर सो अभियान बारे जानकारी गराएको हो । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका रोटरी वर्ष २०२४–०२५का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनका अनुसार रोटरीले अक्टोर २४ लाई पोलियो दिवसको रुपमा मनाउँदै आइरहेको छ।  सो पत्रकार सम्मेलनमा गभर्नरर शेरचनले निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था रोटरीले विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको पनि  बताए ।...

पुनर्निर्माणका काममा तीनै तहका सरकार मिलेर लाग्नुपर्छ : प्रधानमन्त्री ओली

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई ठुलो विपद्को संज्ञा दिंदै तीनै तहका सरकार राहत वितरण र पुनःनिर्माणका काममा  जुट्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा आज शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोज,उद्धार,राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम गर्नु पर्ने कुरामा जोड दिंदै सोही अनुसार सरकारले काम गरिरहेको पनि बताए । “अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ।तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “कसरी जनतालाई छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्...