स्वास्थ्य

सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं ।महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । स्वास्थ्य स्वयंसेविकाहरू न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघसँग मन्त्री पौडेलले उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।यसमा यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि मन्त्रालयमा शुक्रबार यस सम्बन्धमा समझदारी भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले १५ कात्तिकदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा सहमति जनाएका छन् ।‘महिला स्वास्थ्य स्व...
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जना पक्राउ

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं ।१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी,बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया रहेका छन् । त्यस्तै सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा,सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेका पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सोज २७ र २८ गते होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको थियो। बाँकेकै राप्तीसोनारी गाउँपालिकाकी बालिकामाथि बलात्कार भएको भन्दै पीडितको तर्फबाट बुधबार मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना...
बाढीपहिरोले गरेको क्षतिको मूल्यांकन गरी सरकारले स्थानीय तहमा बजेट पठाउने

बाढीपहिरोले गरेको क्षतिको मूल्यांकन गरी सरकारले स्थानीय तहमा बजेट पठाउने

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्थानीय, स्वास्थ्य
२३ असोज,काठमाडौं ।सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै ।क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ।’ साथै उनले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने पनि बताए ।...
स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ असोज,काठमाडौं।स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । संरचनागत सुदृढीकरण तथा सुशासनलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर ९ वटा रणनीति तय गरेको छ । मार्गचित्रमा स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेका छन् । यसैगरि, स्वास्थ्य बीमा सन्चालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य छन् । हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहसम्म बिस्तार भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ स...
विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, समाचार, स्वास्थ्य
१६ असोज,काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन सक्ने भन्दै यसो हुन नदिन सतर्कताका सबै उपाय अपनाउन तीनवटै तह,खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्। मन्त्रालयमा बसेको विशेष बैठकमा बोल्दै उनले बाढी पहिरोपछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला,हैजा तथा डेंगुलगायतका संक्रामक रोग फैलन सक्ने भन्दै रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग बारे जानकारी गराउन आग्रह गरेका छन्। उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।...

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
५, असोज चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज ९नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल०ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो । शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् । पहिलो दिन दुई जना भारतीय विज्ञसहित १२ जनाले मुटुको भिडियो एक्स–रेसम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए। आज दुई जना भारतीय र एक जना मालदिभ्सका विज्ञ चिकित्सकसहित २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्नेछन् । सोसाइटीका अध्यक्ष डा लौडारी, पूर्वअध्यक्ष प्रा डा श्यामराज रेग्मी र प्रा डा मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनक...
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
३, असोज काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो।यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले सञ्चालन गरेको अस्पतालका ३०० भन्दा बढी कर्मचारी वृत्ति विकासबाट वञ्चित थिए। ​ सरकारले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्ति विकासमा काम गर्ने बाटो खुलेको छ । यस्तै, बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा।अजित रायमाझीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। उनको कार्यकाल चार वर्षको हुनेछ। यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान र...

क्यान्सर उपचार सेवा विस्तारको सम्झौता

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
१,असोज चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानबिच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा मङ्गलबार आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेल र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ । त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका प...
नागार्जुन युथ क्लबले सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता गर्दै,१६ वर्ष माथिका खेलाडीहरुले टिम दर्ता गर्न सक्ने

नागार्जुन युथ क्लबले सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता गर्दै,१६ वर्ष माथिका खेलाडीहरुले टिम दर्ता गर्न सक्ने

खेलकुद, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
मानिषा गुरुङ काठमाडौं।युवाहरुलाई खेलमा आर्कषित गर्ने उद्देश्यले नागार्जुन युथ क्लबले एकदिने सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले नागार्जुनमा पत्रकार सम्मेलन गरेर सो प्रतियोगिता बारे जानकारी गराएको हो ।आउँदो असोज ४ गते नागार्जुन नगरपालीका ६ स्थित ब्रुह फुटसलमा हुने सो प्रतियोगिता प्रतियोगितामा १६ वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार नागार्जुन नगरपालिका भित्र बसोबास गर्ने युवा खेलाडीहरुसँगै अन्य नगरपालिकाका युवा खेलाडीहरु समेतले प्रतियोगितामा भाग लिन पाउने छन्।सहभागिताका लागि प्रत्येक टिमलाई रु. ५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताका विजेता टोलीलाई रु.५० हजार नगद,ट्रफी,मेडल र सट्रिफिकेट रनर टिमलाई २५ हजार नगद, ट्रफी, मेडल र सट्रिफिकेट प्रदान गरिनेछ।वेष्ट प्लेयर र वेष्ट गोलकिपरले ट्रफी, मेडल ...
१ नं वडाका एक कर्मचारीको मृत्युपछि टोखा नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम स्थगित

१ नं वडाका एक कर्मचारीको मृत्युपछि टोखा नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम स्थगित

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
 सीता पौडेल (अर्चना) २५ भदौ,काठमाडौं।टोखा नगरपालिकाको झोर माहांकालमा अवस्थित वडा नम्बर १ मा कार्यरत सहायक पाँचौं तहका कर्मचारी नवराज दुलालको मुत्युको खबर पाएपछि पालिकाले सञ्चालन गरिरहेको वार्षिक समिक्षा कार्यक्रम स्थगित गरेको छ । नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार आज मंगलबार टोखाको मैंजुहिटी स्थित नगरपालिकाको सभाहलमा आर्थिक वर्ष (आव) २०८०÷८१को वार्षिक समिक्षा कार्यक्रम भइरहेको थियो।आधाआधि कार्यक्रम बाँकी नै थियो।१ नं वडादेखि ३ नं सम्मका वडाहरुले मात्रै कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।भने,८ वटा वडाको प्रगति समिक्षा विवरण प्रस्तुत गर्न बाँकी नै थियो। यत्तिकैमा वडा नं १ का वडा अध्यक्ष रमेश कुमार लामिछाने अस्पतालबाट हस्याङ–फस्याङ गर्दै कार्यक्रम स्थलमा आइपुगे।उनले कर्मचारी दुलालको उपचारका क्रममा मृत्यु भएको खबर सुनाए।तत्पश्चात मेयर अधिकारीले निन्याउरो मुख पार्दै यस्तो दुः...