अन्तर्राष्ट्रिय

तिब्बतसँगको व्यापारिक सम्बन्ध थप नयाँ उचाइमा पुग्छ : मन्त्री भण्डारी

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको १७औँ नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा सञ्चालन भएको सो मेलामा उनले व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको जिकिर गरे । लामो कालखण्डदेखि नै नेपाल र चीन नजिकको व्यावसायिक सहयात्री बन्दै आएको छ ।  ...

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदान हुदै

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं ।भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ।आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुनेछ। एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यी ८९ सिटमध्ये अघिल्लो निर्वाचनमा बीजेपीले ५५ र कंग्रेसले १८ सिट जितेका थिए।​ कंग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेको केरलको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुनेछ। केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ।यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट,राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ९आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच९पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन(तीन सिटका लागि मतदान हुनेछ। यस्तै मणिपुर, त्रिपुरा र जम्मु कश्मीरका एकएक सिटका लागि पनि भोलि नै मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि मत...