महिनावारी स्वच्छताबारे सचेतनाका फैलाउन साइकल र्याली
१६, जेठ काठमाडौं । महिनावारी स्वच्छताबारे सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका छन् । शुक्रबार ११ औँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर महिनावारी स्वच्छताको सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका हुन् ।
महिनावारी स्वच्छताका लागि काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्यालीमा ३५२ जना महिलासहित ३९२ जनाको सहभागिता थियो । ‘महिनावारी मैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ काठमाडौँको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली सुरु गरी ललितपुरको मंगलबजारमा समापन भएको हो ।
साइकल र्यालीको समापनका कार्यक्रममा अधिकांश सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको समापन सभामा बोल्नुहुँदै राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनाव...









