समाचार

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

ताजा अपडेट, वातावरण, समाचार
१२, माघ गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । “वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरु थालेको हो,” उनले भने, “अ‍ेबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।”वडाबाट नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।...
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१२,माघ काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।...
कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१२, माघ काठमाडौं । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए । ...
प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, माघ तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् । उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ ।...
आज काठमाडौँका यी स्थानमा आठ घण्टा विद्युत् अवरुद्ध हुने

आज काठमाडौँका यी स्थानमा आठ घण्टा विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१२, माघ काठमाडौं । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै जोरपाटी वितरण केन्द्र, बुढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घण्टादेखि आठ घण्टासम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।...
अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव

अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, माघ काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको दाबी गरेका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताए ।
शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित भएको हो । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान ...
सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ गरेपछि प्रधानमन्त्री ओलीले भने : देशकै खुसी

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ गरेपछि प्रधानमन्त्री ओलीले भने : देशकै खुसी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११ माघ,काठमाडौं  राष्ट्रिय गौरवका आयोजना मध्येको एक आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर १ सय २६ मिटर सुरुङमार्गको आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा‘ब्रेक थ्रु’ गरेपछि यो देशकै खुसी भएको बताए । स्वास्थ्य प्रतिकूलताका कारण भर्चुअलरूपमा उपस्थित भएर गरिएको सो ब्रेक थ्रु पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको पनि जिकिर गरे।साथै उनले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए। ‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो।अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन।हामीले यसला...
काठमाडौं महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्ने अनुमति,कलंकीदेखि महाराजगञ्जसम्म गर्न सुझाब

काठमाडौं महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्ने अनुमति,कलंकीदेखि महाराजगञ्जसम्म गर्न सुझाब

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
११ माघ,काठमाडौं।चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल)का अवसरमा नेपालस्थित चिनियाँ दूतावासले ठमेलमा आयोजना गर्न लागेका कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिन अस्वीकार गरेको छ। चिनियाँ दूतवासले काठमाडौं महानगरलाई एकहप्ता अगाडी पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबलको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति माग्नुका साथै महानगरपालिकालाई सह–आयोजक बन्ने प्रस्ताव पनि गरेको थियो। साथै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो।पत्रमा बिजुली,यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो। तर,काठमाडौं महानगरले ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ।पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्...
प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि अ‍ोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।...