समाचार

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

ताजा अपडेट, शिक्षा, समाचार
२८, भदौ काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।...
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२८, भदौ  बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरूष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
२८, भदौ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२८, भदौं काठमाडौं । सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । २०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।...
आजको मौसम: हावाहुरी सहित भारी वर्षाको सम्भावना

आजको मौसम: हावाहुरी सहित भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२८, भदौ काठमाडौं । मनसुनी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशनाखाले जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदे...

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।...
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२७, भदौ काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ । कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु। आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड...

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास,बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारण सभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे । “नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरू अस्तित्वमै नआएका बेला हाम्रो पुर्खाहरू ज्ञानविज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असङ्गठित विश्वविद्यालयका रूपमा शिवलाई मानिन्छ ।त्यस अर्...
नागार्जुनमा क्लोथ बैंक सञ्चालन,राजेश हमालले गरे उद्घाटन

नागार्जुनमा क्लोथ बैंक सञ्चालन,राजेश हमालले गरे उद्घाटन

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना)  काठमाडौं।नागार्जुन नगरपालिकामा क्लोथ बैंक सञ्चालनमा आएको छ। मंगलबार महानायक राजेश हमालले नगरपलिकाको प्राङगढमा भएको एक कार्यक्रमका बीच सो क्लोथ बैंकको उद्घाटन गरेका थिए।नागार्जुन नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए अनुसार उक्त क्लोथ बैंक सञ्चालनमा ल्याइएको नगर उप–प्रमुख शुशिला अधिकारीले बाताइन। सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ स्थापना भएको क्लोथ एण्ड फूड बैंक नेपालले पालिकासँग पनि सहकार्य गरेकोमा खुशी व्यक्त गरिन। क्लोथ बैंक सञ्चालनले घरमा प्रयोगमा नआएका वा आवश्यकता भन्दा बढी भएर दराजमा थन्किएका कपडाहरु क्लोथ बैंकमा ल्याएर जम्मा गर्नाले निम्न आयस्तरका कारण कपडा किन्न नसक्ने निम्न वर्गाीय परिवारहरुले पनि कपडा लाउन पाउने र नचाहिने कपडा फोहोरमा नफालि सो बैंकमा जम्मा गर्नाले डम्पिङ साइडहरुमा जाने फोहोर झण्डै आधाआधी व्...
नागार्जुन युथ क्लबले सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता गर्दै,१६ वर्ष माथिका खेलाडीहरुले टिम दर्ता गर्न सक्ने

नागार्जुन युथ क्लबले सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता गर्दै,१६ वर्ष माथिका खेलाडीहरुले टिम दर्ता गर्न सक्ने

खेलकुद, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
मानिषा गुरुङ काठमाडौं।युवाहरुलाई खेलमा आर्कषित गर्ने उद्देश्यले नागार्जुन युथ क्लबले एकदिने सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले नागार्जुनमा पत्रकार सम्मेलन गरेर सो प्रतियोगिता बारे जानकारी गराएको हो ।आउँदो असोज ४ गते नागार्जुन नगरपालीका ६ स्थित ब्रुह फुटसलमा हुने सो प्रतियोगिता प्रतियोगितामा १६ वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार नागार्जुन नगरपालिका भित्र बसोबास गर्ने युवा खेलाडीहरुसँगै अन्य नगरपालिकाका युवा खेलाडीहरु समेतले प्रतियोगितामा भाग लिन पाउने छन्।सहभागिताका लागि प्रत्येक टिमलाई रु. ५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताका विजेता टोलीलाई रु.५० हजार नगद,ट्रफी,मेडल र सट्रिफिकेट रनर टिमलाई २५ हजार नगद, ट्रफी, मेडल र सट्रिफिकेट प्रदान गरिनेछ।वेष्ट प्लेयर र वेष्ट गोलकिपरले ट्रफी, मेडल ...