समाचार

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ : ‘प्रचण्ड

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ : ‘प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रूणका रूपमा औँल्याउँदै उनले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्त्वपूर्ण योगदान दिइरहेको स्पष्ट गरे। मुलुकको आर्थिक विकास, सामाजिक सौहार...

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२ भदौ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । २१ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ भने । सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए। मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए । निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष ...
अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

ताजा अपडेट, वातावरण, समाचार
२२, भदौ चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।...
इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

ताजा अपडेट, वातावरण, समाचार
२२, भदौ भक्तपुर । यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौँ पुर्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पुर्याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए । यही भदौ ३० गते आइतबार बिहान ८ः२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेकोे केन्द्रीय मानन्धर सङ्घको टोलीले सोही दिन बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्नगरी राति ८ः२७ बजेको साइतमा यःसिंको लागि रान...
आज गणेश चतुर्थी पर्व मनाइँदै

आज गणेश चतुर्थी पर्व मनाइँदै

ताजा अपडेट, राजनीति, समाचार
२२,भदौ काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका तिजको व्रत भोलिपल्ट गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरे...
राजनीतिक परिवर्तनमा कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री

राजनीतिक परिवर्तनमा कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री

ताजा अपडेट, राजनीति, समाचार
२२, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताए । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ । प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरु सफल भएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएका उल्लेख गरे । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प...
निजामती सेवामा उच्च नैतिकता र निष्ठा आवश्यक  : प्रधानमन्त्री ओली

निजामती सेवामा उच्च नैतिकता र निष्ठा आवश्यक : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले निजामती सेवाको योगदान र यसको ऐतिहासिक भूमिकालाई उच्च मूल्याङ्कन गर्दै निजामती कर्मचारीहरूले मुलुकको राजनीतिक परिवर्तनमा गरेको परोक्ष र प्रत्यक्ष योगदानलाई सराहना गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा तानाशाहीविरुद्धका संघर्षमा निजामती कर्मचारीहरूले खेपेको पीडा, बलिदान, र पेशागत हकहितका लागि गरेको आन्दोलनहरूलाई उल्लेख गर्दै ती संघर्षमा सहादत प्राप्त गर्ने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निजामती सेवामा रहेका कर्मचारीहरूका मागहरू क्रमशः पूरा हुँदै गइरहेको र कर्मचारीहरूको सहभागितामा भएका आन्दोलनहरू सफल भएको पनि स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल पार्न निजाम...
समापन गरियो हरितालिका तिजको व्रत

समापन गरियो हरितालिका तिजको व्रत

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२ भदौ काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका तिज पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तिज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका वर्तालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछिमात्र भोजन गर्ने गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा...
आज नेपाली नारीहरुको महान पर्व हरितालीका तीज,शिवपार्वतीको पूजाआराधना र तीजका गीतमा नाचगान गरि मनाइँदै

आज नेपाली नारीहरुको महान पर्व हरितालीका तीज,शिवपार्वतीको पूजाआराधना र तीजका गीतमा नाचगान गरि मनाइँदै

ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
२१ भदौ, काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर मनाइँदैछ। शिवपार्वतीको पूजाआराधना र तीजका गीतमा नाचगान गरि मनाइने तीज पर्वले नेपाली सामाजको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ।यो नेपाली नारीहरुको मौलिक चाड÷पर्व हो। आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्।सत्य युगमा आजैको दिन पार्वतीले भगवान महादेव÷शिवलाई स्वामीका रुपमा पाउँ भनि निराहार तथा निर्जला जस्तो कठोर तपस्या गरेर महादेव स्वामी पाएकी थिइन् भन्ने कथा सुन्न र पढ्न पाइन्छ। आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास पनि छ । धर्मशास्त्रका जानकारहरुका अनुसार सबै नारीहरुले निराहार व्रत बस्नुपर्छ भन्ने मान्यता छैन।व्रत निराहार,जलाहार र फलाहार गरी तीन किसिमबाट बस्न सकिने उनिहरुको भनाई छ।सक्नेले निराहार,नसक्नेले जलाहा...

द्वन्द्वपीडित संघले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

ताजा अपडेट, राजनीति, समाचार
२०, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित संघले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै संघले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्ष रूपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो । सोसम्बन्धी कानुन संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । संघका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापन पत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएकोप्रति पीडित रु। सात लाख पचास हजारमध्ये रु। एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम तत्काल निकासा गर्नुपर्ने म...