समाचार

काठमाडौं महानगरद्धारा २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक

काठमाडौं महानगरद्धारा २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय, स्वास्थ्य
१२ भदौं,काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाएको छ । महानगरपालिकाले मंगलबार गरेको अनुगमनमा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभ जस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएका कारण फोहर उठाउन रोक लगाएको जनाएको हो । त्यस्तै महानगरले एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको पाइएको जनाएको छ ।पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको पाइएको र स्किन अस्पतालले घरको छतमा राख्ने गरेको भेटिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताएकी छिन् । उनले भनिन्, ‘मात्रा जति भए पनि संक्रमित फोहर हानीकारक नै हुन्छ।स्वास्थ्य सं...
स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ भदौं,काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सो क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूको सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस सम्बन्धमा निर्णय भएको बताएका हुन्।प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उनले गत साउन २७ गते ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ योजना अघि सारेका थिए। सोही योजना अनुसार विश्वभरका नेपाली चिकित्सक,अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको प्रवक्ता बुढाथोकीले बताए। उनले भने, “समिटमा सहभागी न...
राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज पाल्पा पुगेका छन्। ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न त्यहाँ पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् । रथ जात्रामा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मानवीर राईलाई समेत भव्य रूपमा स्वागत गरिएको हो। तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गर्दछ। प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदासमेत दिएको छ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य सोमबारकै मूल्यमा अर्थात् तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
करोडौँको योजना कार्यान्वयन हुन सकेन

करोडौँको योजना कार्यान्वयन हुन सकेन

ताजा अपडेट, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताए । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९र८० मा रु ८० लाख र २०८०र८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो । “यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयो...

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको  मंगलबार  बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक(पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।...
देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीहरूको प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू थापा र शर्मा सहभागी हुनेछन् । बैठक बिहान ११ बजे बूढानीलकण्ठमा बस्ने बताइएको छ । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेन्डाहरू माथि छलफल भइरहेको छ । बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटक भन्दा हुन नपाउने प्रस्ताव छ ।...
चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
सुर्खेत । चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् । सल्यान प्रहरीका सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लिइएको थियो । त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे ।...
रास्वपा केन्द्रीय समिति बैठक सुरु

रास्वपा केन्द्रीय समिति बैठक सुरु

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ । समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका विषय रहेको रास्वपाका नेताहरूले बताएका छन् ।रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ ।...
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
लुम्बिनी । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ । २०५ औँ विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार आज नै अमननारायणको रथ निकालिने भएको छ । यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तीथिले एकैदिन परेकाले आजै अमननारायणको रथ निकालिने भएको हो । प्रजिअ काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको जनाइएको छ । तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने ग...