समाचार

आज एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि निर्वाचन

आज एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि निर्वाचन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदै छ । सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम मङ्गलबार बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । केन्द्रीय कम...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.९५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ ।...
विश्वविद्यालयले शिक्षित मूर्ख होइन,सज्जन र गुणवान् मान्छे उत्पादन गरोस् :प्रधानमन्त्री ओली

विश्वविद्यालयले शिक्षित मूर्ख होइन,सज्जन र गुणवान् मान्छे उत्पादन गरोस् :प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
११ भदौ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुले शिक्षित मूर्ख नभई सज्जन र गुणवान् मान्छे उत्पादन गर्ने खलको शिक्षा प्रदान गर्नु पर्ने आवश्यक्ता औंल्याएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने,राम्रो,विकसित,आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले भने, ‘गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ ।त्यसो भएमा चेलाहरूले गुरुहरूलाई मान्छन्। विद्यार्थीलाई शिष्ट,नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन।’ साथै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको स्मरण गराउँदै सुदूरपश्चिमक...
सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् । पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठुलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । “मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरिहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्...
ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन

ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए । प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो । उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।...

प्रतिनिधि सभा बैठक: आज मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाफ दिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सभामुख देवराज घिमिर...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
भदौ११,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेका कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशी,बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी,बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहेने छ।भने,कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम...
काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेधको प्रावधानप्रति एमाले काठमाडौंको आपत्ति,न्यायिक पुनरावलोकन गर्न सरकारसँग माग

काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेधको प्रावधानप्रति एमाले काठमाडौंको आपत्ति,न्यायिक पुनरावलोकन गर्न सरकारसँग माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) १० भदौ,काठमाडौं।काठमाडौं उपत्यकाका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णयप्रति नेकपा एमाले काठमाडौंले आपत्ति जनाएको छ। एमाले काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर नदीका दायाँबायाँ छोड्न निर्धारण गरिए भन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको हो। पत्रकार सम्मेलनमा एमाले काठमाडौं जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलाले महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्वाग्रह राखेर कानुनी उपचारको उपाय अबलम्बन तथा सम्बन्धीत सरोकारवालाहरुसँग छलफल नै नगरि सामाजिक विद्रोह फैल्याउने हिसाबले गलत निर्णय गरेको भन्दै यसको खारेजीको माग समेत गरे।साथै उनले यस प्रकारको निर्णय कार्यान्वयन गर्दा त्यस क्षेत्रका मानिसको मानव अधिकार तथा सम्पत्तिको हकसम्बन्धी अधिकार कुण्ठित हुने देखिएको पनि बताए। यस प्रकारको गलत ...
राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । श्रीकृष्ण जन्माष्टमीमा आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।...
चितवनमा पाँच सय बढीमा डेंगी सङ्क्रमण

चितवनमा पाँच सय बढीमा डेंगी सङ्क्रमण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, “सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।” साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेंगी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र...