समाचार

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ । बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ । २४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो । इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ ।...
भ्रष्टाचार नियन्त्रणमा सरकारले एक्सक्युज खोज्दैन : प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणमा सरकारले एक्सक्युज खोज्दैन : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए । ‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज ९बहाना० खोज्दैन, काम गर्छ ।’उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।...
रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।...
समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए। “नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रूपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो”, राष्ट्रियसभामा काँग्रेस संसदीय दलका नेता सिटौलाले भने, “यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ ।” राजनीतिक दलहरूले गरेको संकल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको ...
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कैलाली । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताए । उनले भने “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।”गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताए ।...
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताका हुन् । ‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उनले भने ।...
त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ भन्दै संसद‍मा उठ्यो प्रश्न

त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ भन्दै संसद‍मा उठ्यो प्रश्न

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर सुरक्षा कारण देखाउँदै अनुपस्थित भएको विषयको सत्यता के हो भन्दै विषय उठान गरेका हुन् । त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ रु सरकार छ भने टीयूमा सुरक्षा देओस् । राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ‚’ उनले भने ।...
हुम्ला जीप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

हुम्ला जीप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

वातावरण, समाचार
काँक्रेविहार । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जीप धनी मल्ल आफैँ रहेका थिए । मल्लका दाई नाता पर्ने रोशन शाहीले भने, “रमेशले जीप किनेको चार÷पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।” दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लाग...
ढोरपाटनमा सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

ढोरपाटनमा सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
ढोरपाटन । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् । केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् । हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् । दोहोरीगीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् । पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो...
आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो : गृह मन्त्री लेखक

आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो : गृह मन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
जनकपुरधाम । गृह मन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिएका छन् । आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग आज बिहान भएको सङ्क्षिप्त कुराकानीमा उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।...