समाचार

संविधान संशोधन गर्न खोजे सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

संविधान संशोधन गर्न खोजे सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नुमा शंकाको विषय भएको भन्दै यसो गर्न खोजे आफूहरु पुनः सडक आन्दोलन गर्न तयार भएको बताए । सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको भन्दै उनले यो गलत भएको बताए । उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर  त्यसो हुन दिने छैनौं ।’ समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीला...
नागार्जुन–१ रानीवनको स्वीमिङ पुल सञ्चालनमा,पौडी खेल्नेको घुँइचो,कति लाग्छ शुल्क ?

नागार्जुन–१ रानीवनको स्वीमिङ पुल सञ्चालनमा,पौडी खेल्नेको घुँइचो,कति लाग्छ शुल्क ?

जीवनशैली, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं ।काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–१ रानीवनमा निर्माण भएको स्वीमिङ पुल(पौडी पोखरी) सञ्चालनमा आएको छ । स्वीमिङ पुल सञ्चालनमा आएसँगै पौडि खेल्नेहरुको घुइँचो देखिन थालेको छ। ‘ट्रपिकल ट्यान’ नाम दिइएको उक्त स्वीमिङ पुलको ‘ग्राण्ड ओपनिङ’ भने यहि आउँदो १९ गते शनिबार हुने सञ्चालक महिम डंगोलले सगरमाथाप्रेस डटकमलाई बताए । उनले अघिल्लो हप्ताबाट सञ्चालनमा ल्याइएको सो पुल हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने र यसमा ठुला व्यक्तिहरु,साना बालबालिकाहरु र अति साना बालबालिकाहरुका लागि गरि तीन प्रकारको टिकट दर कायम गरिएको बताए । सञ्चालक डंगोलका अनुसार स्वीमिङ गरेबापत ठूला व्यक्तिहरुका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ,३ फिट भन्दा माथिको उचाई भएका बालबालिकाहरुका लागि प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क लाग्छ ।यस्तै ३ फिट भन्दा मूनिका बालबालिकाहरुलाई ...
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

वातावरण, समाचार
तनहुँ । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन् । यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०र८१ मा रु ४५ लाख विनियोजन गरिएकामा रु ३० लाख २५ हजार छ सय २९ खर्च भएको लामिछानेको भनाइ छ । कृषकलाई फलफूल खेतीमा आकर्षित गराउँदै आत्मनिर्भर बनाउन फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सहयोग गरिएको लामिछानेले उल्लेख गरे । कार्यक्रमअन्तर्गत कृषकलाई दुई हजार एक सय १५ कागती बिजु बिरुवा, दुई हजार पाँच सय कलमी बिरुवा, पाँच सय १५ लिच...
तीन वर्षयता काठमाडौं उपत्यकामा घट्यो सवारी दुर्घटना

तीन वर्षयता काठमाडौं उपत्यकामा घट्यो सवारी दुर्घटना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आर्थिक वर्ष २०८०/८१ मा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो । जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत...
दुई बालकमा दादुरा–रुबेला

दुई बालकमा दादुरा–रुबेला

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ । विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट ब...
चीनबाट ६५ अर्बको सामान आयात

चीनबाट ६५ अर्बको सामान आयात

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रबर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए । गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख ...
सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।  नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ । मन्त्री गुरुङले संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन सरकार बनाएको बताए । “संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरेका हौँ”, उनले भने, “यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ ।” उनले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उल्लेख गरे ।...
बागमती प्रदेशका चार मन्त्रीले लिए शपथ

बागमती प्रदेशका चार मन्त्रीले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । बागमती प्रदेशमा काँग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन् । लामाले आफ्नै दल काँग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।खड्किलाई सामाजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मन्त्री बनेका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , श्याम बहादुर खड्कालाई खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र मदुकुमार श्रेष्ठको जिम्मेवारीपछि तोकिने बताइएको छ ।...
ओसनीया क्षेत्रसँगै युरोपका थप विभिन्न देशमा साइकल यात्रा गर्दै विश्व साइकल यात्री  महर्जन

ओसनीया क्षेत्रसँगै युरोपका थप विभिन्न देशमा साइकल यात्रा गर्दै विश्व साइकल यात्री महर्जन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)काठमाडौं । विश्व साइकल यात्री तथा वातावरण अभियान्ता ज्ञान महर्जनले ओसनीया क्षेत्र र युरोपका विभिन्न देशहरुमा थप साइकल यात्रा गर्ने भएका छन् । ललितपुरको पाटनमा जन्मिएका महर्जनले विश्व शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउँदै साइकल यात्रा गरिरहेका छन्।अहिलेसम्म युरोप र एसियाका विभिन्न २२ वटा देशहरुको भ्रमण गरिसकेका उनले पहिलो पटक चीनबाट साइकल यात्रा सुरु गरेका थिए ।आज भन्दा ११ वर्ष अगाडि सन् २०१३ मा चाइनाको गे्रटवालबाट उनले यात्रा शुभारम्भ गरेको सगरमाथाप्रेस डटकमलाई बताए । विश्व साइकल यात्री महर्जनले अब भने ओसिनीया क्षेत्रका विभिन्न देशहुँदै युरोपका अन्य थप मुलुकहरुमा पनि साइकल यात्रा गर्ने तयारी गरेको बताएका छन् ।उनी भन्छन्– वातावरण संरक्षण हाम्रो देशको मात्र नभएर विश्वकै जल्दोबल्दो र चासोको विषय हो ।अहिले विश्वमा नै जलवायु परिवर्तनले नराम्रो प्रभाव पारेको छ।यसका...

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ। करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ ।नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको छ । ...