निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित
सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौंको नागार्जुन नगरपाललिका–३ मा अवस्थित ‘इचंगुनारायण मन्दिर’को पूनःनिर्माण कार्यका कारण दर्शन गर्न आउने भक्तजनहरुको चाप घटेको छ।
काठमाडौं उपत्यकाका चार महत्वपूर्ण नारायणहरु मध्येका एक महत्वपूर्ण नारायणका रुपमा मानिने इचंगुनारायण मन्दिरमा आज हरिशयनी एकादशीका दिनसमेत श्रद्धालु भक्तजनहरुको खासै चहल पहल देखिएन्।दर्शनका लागि बिहानैदेखि मन्दिर खुला गरिए तापनि दिनभरजसो नै दर्शनार्थीहरुको फाट्टफुट्ट मात्रामा उपस्थिति देखिएको मन्दिर परिसरका पंडित परशुराम रिजालले बताए।उनका अनुसार मान्दिरको भौतिक संरचनाको निर्माण कार्य हुँदै छ केही छैन होला भन्ठानेर पनि दर्शनार्थीहरुको चाप घटेको हुन सक्छ।
साथै उनले एउटा नौलो कुरा पनि उजागर गर्दै काठमाडौं महानगरले फुटपाथ हटाएपछिको केही प्रभाव समेत भएको बताए।उनले भने, ’म बिहानैदेखि यहाँ बसेको छु।यस्तै फाट्टफुट्ट मात्रै छ।...








