समाचार

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छन् । आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।११ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको स्मभावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको स्मभावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर...
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न आग्रह

निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी सम्बन्धन शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै नियमित विपरीत सञ्चालनमा रहेको शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न सूचित गराउन सार्वजनिक आह्वान गरेकी हुन् । विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिका अनुसार पूरा गर्नुपर्ने न्यूनतम सर्त पूरा नगरेका र उत्कृष्ट १००० भित्र नपर्नेको हकमा हाललाई विद्यार्थी भर्ना नगर्न नगराउन हुन सबैमा मन्त्रालयले अनुरोध गरेको छ । निर्देशिकामा भएका प्रावधानहरूको परिपालनाको सुनिश्चितता गर्न र विद्यार्थी एवम् अभिभावकहरूले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरू छनोट गर्दा सम्बन्धित देशको प्रचलित कानुन बमोजिम स्वीकृति ग...
आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौँ । हाम्रा मन्त्रीहरू फर्कनु हुन्छ ।’ दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्म...

सुन चोरेको र किनेको आरोपमा ६ जना पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । झापाका विभिन्न स्थानमा सुन चोरी र चोरीको सुन खरिद गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन चोरी गर्ने, चोरीको सुन बेच्न सहयोग गर्ने र चोरिएको सुन सस्तो दरमा खरिद गर्ने ६ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सुन चोरीमा संलग्न रहेको आरोप लागेका कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा छन् । त्यसैगरी चोरीको सुन खरिद गरेको आरोपमा झापाकै पाथीभरा बराइली ज्वेलर्सका सञ्चालकद्धय ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक ४० वर्षीय सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गरी बगानकै क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी छन् ।...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बाँके । नेपालगन्ज उपमहानगरपालिका(२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा ५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ : विश्वप्रकाश शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् ।‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौँ । त्यसकारण सरकारबाट हटाइयो,’ महामन्त्री शर्माले भने, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ । प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ । ’फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उनले बताए । शर्माले अब बन्ने नयाँ सरकारले पनि भ्रष्टाचारका फाइल खोल्ने अपेक्षा राखे । ‘जे खोलिएका छन्, ती प्रक्रियामा हुन्छन् । जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।...
बालिकामाथि जबरजस्ती करणी

बालिकामाथि जबरजस्ती करणी

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
अर्घाखाँची । अर्घाखाँचीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका(६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
बबई नदीमा एक महिला बेपत्ता

बबई नदीमा एक महिला बेपत्ता

बिशेष, वातावरण, समाचार
दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका(१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका(१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।...
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो । बैठकपछि काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।...