समाचार

देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।...
बेँसीसहर(चामे सडक खुल्यो

बेँसीसहर(चामे सडक खुल्यो

जीवनशैली, ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठे पुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो । आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।...
काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक

काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फ करिब १०० मिटर अगाडी सडक भासिएर पानी निस्किरहेको छ । बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो । सवार यात्रु र चालकलाई तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।...
एकीकृत समाजवादीको महाधिवेशन : ११ बजेदेखि बन्द सत्र,१२ वटा समूहमा सामूहिक छलफल गर्ने

एकीकृत समाजवादीको महाधिवेशन : ११ बजेदेखि बन्द सत्र,१२ वटा समूहमा सामूहिक छलफल गर्ने

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनको आज बुधबार ११ बजेदेखि बन्द सत्र शुरु हुदै छ।सो बन्द सत्रमा शुरुमा विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुने र निष्कर्ष पेश गर्ने कार्यचालिका भएको समाजवादीले जनाएको छ। प्रतिनिधिहरुबाट विभिन्न १२ समूह बनाएर सामूहिक छलफल गर्ने,विशेष गरि राजनीतिक दस्तावेज,समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमाथी समूहगत छलफल गरेर निष्कर्ष पेश गर्ने तयारी भएको छ। प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने बताइएको छ।भोली बिहीबारसम्म हुने सो महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति चयन गर्ने जनाएको छ।  ...
आज बेलुकासम्ममा राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

आज बेलुकासम्ममा राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । एमालेले आज बेलुकासम्ममा राजीनामा दिइसक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ। हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६को उपदफा (२) बमोजिम अर्को सरकार निर्माण गर्न आज बुधबारसम्ममा राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले जनाकारी दिइन। साथै नेकपा एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन समेत आह्वान गरेको छ। एमालेको पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो। तर माओवादी केन्द्रको  हिजो नै बसेको सचिवालय बैठकले भने,प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु संसदमा विश्वा...
कृषि मन्त्रालयका कर्मचारी समायोजन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

कृषि मन्त्रालयका कर्मचारी समायोजन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणा देउवाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत देखिएको कर्मचारी समायोजनको समस्या समाधान गर्न निर्देशन दिएकी छन् । समितिको आज बसेको बैठकमा उनले मन्त्रालय अन्तर्गतका कर्मचारी समायोजन नहुँदा समस्या भएकाले समायोजन गर्न निर्देशन दिएकी हुन् । यसअघि मन्त्रालयअन्तर्गत व्यक्ति समायोजन भए पनि पद अस्थायी पुल भनी राखिँदा कर्मचारी सेवा निवृत्त भएपनि १८, २० वर्षदेखि काम गर्दै आएका अधिकृतको बढुवा हुन नसकी समस्या हुँदै आएको छ । तीन दिनदेखि कर्मचारी समायोजनमा देखिएको समस्या समाधान हुनुपर्ने माग राखी कर्मचारीले धर्ना दिँदै आएका थिए । बैठकपछि समिति सभापति देउवाले समस्या छिटो समाधान गर्न सरकारलाई निर्देशन दिएकी हुन् । कृषि समितिमा सरकारले विधेयक दिन नसक्दा काम गर्ने वातावरण नभएको उनको भनाइ थियो । कृषि समितिका सदस्य काम ग...
नुनको मूल्य वृद्धि

नुनको मूल्य वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ ।मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । आज नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०५ रुपैयाँ रहेको छ ।...