काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।
बैठक बुधबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।
बैठकमा जलस्रोत विधेयक,हालको राजनीतिक परिवेश र अबको बाटो लगायतका विभिन्न विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गरिने बताइएको छ।
असार १९, २०८१, ०६:३६ मा प्रकाशितअसार १९, २०८१, ०६:३६ मा प्रकाशितअसार १९, २०८१, ०६:३६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । मनसुनी वायको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही बागमती,गण्डकी,लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक– दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै कोशी, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागमा अनुसार राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
विभागले जनाए अनुसार हाल देशभर सा...
असार १९, २०८१, ०६:२६ मा प्रकाशितअसार १९, २०८१, ०६:२६ मा प्रकाशितअसार १९, २०८१, ०६:२६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
मनिषा गुरुङ
काठमाडौं ।केही बकुल्लाहरु हरेक दिनजसो एक जना किसानको खेतमा आहार खोज्ने निहुँमा गई बालीलाई बर्बाद गर्दथे।
दिनहुँजसो बकुल्लाहरुले खेतीको नोक्सान पु¥याएको हुनाले तिनलाई नसमाती भएन भनेर एक दिन किसानले खेतमा जाल बिछ्याएर राख्यो ।भोलिपल्ट जाल विछ्याएको ठाउँमा गई हेर्दा त सैयौं बकुल्लाहरु जालमा परेका त्यो किसानले देख्यो।ती बकुल्लाहरुमध्ये एउटा सारस पनि जालमा परेछ।आफु अञ्जानमा फसेको देखी सारसले साहस पूर्वक किसानलाई भन्यो, ’हेर्नुहोस् न ! म बेफ्वाँकमा हुलमुलमा परेँ।मैले तपाईँको केही विगारेको छैन। कृपया मलाई छाडिदिनुहोस्।
म बकुल्लाजस्तो विगार गर्ने पंक्षी होइन।म उनीहरुभन्दा भर्मपरायण छु।अर्काको विगार गर्ने मेरो स्वभाव नै छैन।म आफ्ना आमा बाबुको अति नै सम्मान गर्छु।विभिन्न ठाउँमा गई आहार खोजेर आफ्नो बाहुबलले उहाँहरुको लालन–पालन गर्छु।
उसको कुरा सुनि किसानले भन्यो–तिम्रो सबै कुरा...
असार १८, २०८१, १८:०५ मा प्रकाशितअसार १८, २०८१, १८:०५ मा प्रकाशितअसार १८, २०८१, १८:०५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौ । राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रस्ताव प्रस्तुत गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजीकरणका लागि आवश्यक व्यवस्था गरिएको बताए ।
दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समिटिने बताउँदै उनले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराएका थिए ।...
असार १८, २०८१, १६:३४ मा प्रकाशितअसार १८, २०८१, १६:३४ मा प्रकाशितअसार १८, २०८१, १६:३४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं। आज शेयर बजार दोहोरो अकंले बढेको छ । नेप्से मंगलबार ४७ दशमलव ०४ अकंले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अकंले उकालो लागेको छ ।
हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अकंले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबार रकम पनि बढेको छ । सोमबार ९हिजो० झन्डै ३ अर्बको कारोबार भएकोमा मंगलबार ९आज० ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।...
असार १८, २०८१, १३:३२ मा प्रकाशितअसार १८, २०८१, १३:३२ मा प्रकाशितअसार १८, २०८१, १३:३२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । नेपाली काँग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । काँग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए ।
बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । काँग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।...
असार १८, २०८१, १३:२६ मा प्रकाशितअसार १८, २०८१, १३:२६ मा प्रकाशितअसार १८, २०८१, १३:२६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शीतलनिवास गएका हुन् ।
सरकार सञ्चालनका लागि दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले दुई दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।...
असार १८, २०८१, १२:४१ मा प्रकाशितअसार १८, २०८१, १२:४१ मा प्रकाशितअसार १८, २०८१, १२:४१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (बुधबारं) बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सङ्घीय संसद्का दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।...
असार १८, २०८१, १२:३१ मा प्रकाशितअसार १८, २०८१, १२:३१ मा प्रकाशितअसार १८, २०८१, १२:३१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक ९४ प्रतिशत० बढेको छ ।
पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ । यतिबेलासम्म बैंकिङ ४.३, विकास बैंक ३.९९, फाइनान्स ३.७७, होटल ३.४४, हाइड्रोपावर ४.१९, लगानी ४.७३, जीवन बीमा ३.२७, उत्पादन ४.०५, माइक्रोफाइनान्स २.३१, निर्जीवन बीमा ३, अन्य ५।७६ तथा व्यापार १।७५ प्रतिशत बढेका छन् ।
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।...
असार १८, २०८१, १२:१६ मा प्रकाशितअसार १८, २०८१, १२:१६ मा प्रकाशितअसार १८, २०८१, १२:१६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
एमाले कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले वर्तमान सरकारबाट बाहिरिने तर नयाँ गठबन्धनमा पनि सामेल नहुने निर्णय लिएको हो।
नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।...