राजनीति

ऋण लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : शंकर पोखरेल

ऋण लिनु हुँदैन भन्ने चिन्तन विकास विरोधी हो : शंकर पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
२४, माघ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऋण लिनु हुँदैन भन्नु विकासविरोधी भएको बताएका छन्। नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको भन्दै उनले यो चिन्तनले नेपाललाई सधैँ पछि धकेल्ने बताए। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘राज्य र ऋण’ का कुरा लेखेका पोखरेलले नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको समेत स्मरण गराएका छन् ।पोखरेलले आय र व्ययबीच सन्तुलन कायम राख्न आन्तरिक र बाह्य ऋण लिने प्रचन सबैतिर हुने तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा भएको लेखेका छन्। ‘ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो’, पोखरेलले लेखेका छन्।...
फेरी बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
२४, माघ काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । बिहीबार सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...

प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।...
चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत

चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत

ताजा अपडेट, राजनीति, समाचार
२४ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो । तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए । तर बुधबार विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् । ‘चुनावमा गराउनेमा सबै विद्यार्थी संगठनका प्रतिनिधिले प्रतिबद्धता जनाउनु भएको छ । चुनावको माहोल बनेको छ,’ परिषद्का सदस्य सचिव पशुपति अधिकारीले भने ।...
जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले ……..

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले ……..

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२४, माघ भक्तपुर । भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवेश गरे, यिनै दृश्यले उनको नजर तान्यो ।नले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गरे । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाले । नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुगेका उनले काष्ठकलामा ...
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल हुन्छ  : प्रधानमन्त्री ओली

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएहो। उनले नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए। प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली...
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन

राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, माघ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय किताब खाना शिक्षक को छड्के अनुगमन गरेकी छन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा पुगेर मन्त्री भट्टराईले छड्के अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री भट्टराई समक्ष सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाह नभएको, अनलाइनमार्फत सेवा दिनुपर्ने जस्ता विषयमा गुनासा राखेका थिए । सेवाग्राहीहरूको गुनासो सुनेपछि मन्त्री भट्टराईले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिइन् । शिक्षकहरूले पेन्सन पट्टा बनाउन निकै सास्ती खेप्नुपरेको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई आफैँ छड्के अनुगमनमा पुगेकी हुन् ।...
सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताए। अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित छलफल उनले वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य छ भने । सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक क्षमता विकास गर्न उनले सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिए । हरेक निकाय ...
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, माघ चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।...
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, माघ काठमाडौं । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेहपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरिन् । त्यस अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको क्यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रण गरिन् । साथै गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।...