राजनीति

टिकटक बन्द गरेका प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् : महासचिव पोखरेल

टिकटक बन्द गरेका प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् : महासचिव पोखरेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५ माघ,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै सरकारमा हुँदा टिकटक बन्द गरेका तर अहिले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर हिंडेको बताएका छन् ।साथै प्रचण्डमा बारम्बार बोली फेर्ने प्रवृत्ति रहेको र बोलिको ठेगान नरहेको भन्दै जिम्मेवार नेताले यस प्रकारको हकर्त गर्न नहुने पनि उनले सुझाएका छन् । प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको विषयलाई इंगित गर्दै एमाले महासचिव पोखरेलले प्रचण्डमा आफूँ सत्तामा रहँदा एउटा र बाहिरा हुँदा अर्को बोल्ने प्रवृत्ति हाबी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् —‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र० का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाक...
राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२५, माघ काठमाडौं । कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गरे ।...
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

बिशेष, ब्यानर-२, राजनीति, समाचार
२५, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरवारको एक्सन रुमबाट विकास निर्माण तथा आयोजनाहरूको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।...
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, माघ काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअन्तर्गत बिहान ८ बजेबाट शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ । बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ ।...
प्रेस चौतारी भक्तपुरमा आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रेस चौतारी भक्तपुरमा आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, माघ काठमाडौं । प्रेस चौतारी नेपालको भक्तपुर जिल्ला शाखामा आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रले आशिष पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको  निवर्तमान अध्यक्ष हेमराज ढकालले बताए। नवनिर्वाचित अध्यक्ष पौडेल निवर्तमान कार्यसमितिका सचिव हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा फोटो पत्रकारको रुपमा कार्यरत छन् । यस्तै उपाध्यक्षमा राजकुमार लामिछाने र  मिना घोरासाइने निर्वाचित भएका छन् । सचिवमा नारायण थापा,सह-सचिवमा संगम लामा,विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडा पनि सर्वसम्मत चयन भएका छन् ।  कार्यसमितिको सदस्यहरुमा देवेन्द्र प्रजापति,सिला थापा,सुस्मिता धिताल र नवराज काफ्ले  सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष  ढकालले बताए ।  ...
प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् । बुधबार सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मुकुन्द भुषालले जानकारी दिए। त्यस्तै उपाध्यक्षमा प्रविण  रिजाल र सुभद्रा धिताल सर्वसम्मत चयन भएका छन्। यस्तै सचिवमा श्रीकृष्ण ढकाल,सहसचिवमा राजु नापित र उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित भएको निवर्तमान अध्यक्ष भुषालले  बताए। सदस्यहरूमा रामेश्वर ढकाल,रामकुमार प्याकुरेल, रामकुमार अधिकारी,अमृता नेपाली,अमृत बस्नेत, पूजा सापकोटा,हरिप्रसाद सिग्देल,श्रीकृष्ण बस्नेत र सुजन मैनाली निर्वाचित भएको प्रेस चौतारी काठमाडौंले जनाएको छ। ।...
रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । साथै न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ ।लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।...
राष्ट्रियसभामा दुई विधेयक पेस

राष्ट्रियसभामा दुई विधेयक पेस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । त्यस्तै शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।...
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, माघ काठमाडौ। बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ ।...
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ र“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।...