राजनीति

विदेशबाट पनि श्रम स्वीकृति

विदेशबाट पनि श्रम स्वीकृति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, माघ काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरे । त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताएका थिए भने महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सच...
रोग लुकाउनु भन्दा उपचारमा लाग्नु उपयुक्त : मुख्यमन्त्री  लामा

रोग लुकाउनु भन्दा उपचारमा लाग्नु उपयुक्त : मुख्यमन्त्री लामा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, माघ काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । आज मकवानपुरको हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट सुरु एचपिभी खोप अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको बताए । नेपालमा दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपरेको बताउँदै उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपिभी खोप अभियान सुरु गरिएको उनको भनाइ थियो ।...
महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री

महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएको हो । उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सरुवात गरिएको दाबी समेत गरे । ूअहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिनेछ उनले भने नेपालका धेरै महिलाहरु पाठे...
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री

बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्युदर घटेकाले मानिसको नेपालीको आयु बढेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मङ्गलवार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ रु हामीले बालमृत्यु दर घटाइदियौँ । १० वर्षमा एउटा बालक वित्यो भने १० जना मान्छे सय वर्ष बाचेको छ भने तिनको आयु ९० वर्ष हुन्छ’, प्रधानमन्त्रीले भने,‘मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौ ।’ लङगीभिटी बढाउँदै जाने, व्रेन ह्यामरेज, हर्टअट्याक समेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सबैको इस्यु भएको समेत बताए ।...
१० हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

१० हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

ताजा अपडेट, राजनीति, समाचार
२२, माघ रसुवा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् । पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् । ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् ।सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनले बताइन् ।...
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

ताजा अपडेट, ब्यानर-२, राजनीति, स्वास्थ्य
२२, माघ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन्। बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेको हो । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।...
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।...
आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : सांसद शर्मा

आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : सांसद शर्मा

ताजा अपडेट, राजनीति, समाचार
२२, माघ काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधित्व गरेको पाँच वर्ष भयो । हामीले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिकरसमावेशीलगायत प्राप्त अधिकारलाई जनतासम्म पुर्याउने काम गर्दै आएका छौँ । संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि कानुन बनाउने काम राष्ट्रियसभाले गरिरहेको छ । तर संविधान बनेको करिब १० वर्षको अवधिलाई समीक्षा गर्दा संविधानले परिलक्षित गरेका धेरै कानुन अझै बन्न सकेका छैनन् । त्यसमा विभिन्न कारणले काम गरेको हुन्छ । हामी संसदीय प्रणालीमा छौँ । संसद्मा अङ्कगणितको जोडघटाउ चल्छ । यद्यपि, कानुन बनाउने सवालमा सबैभन्दा बढी समय दिएका छौँ । विशेषगरी हाम्रो आवश्यकतालाई योग्यतामा जोड्ने, योग्यतालाई रोजगारीमा जोड्ने, रोजगारीलाई बजारसँग जोड्ने र बजारलाई प्रतिफलमा जोड्नेतर्फ हामी जानुपर्छ । राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा अलिक फरक छ । हामीले कुनै पनि विषय...
तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, माघ काठमाडौं । आज तीन संसदीय समितिहरूको बैठक बस्ने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याका विषयमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिको बैठक साढे १२ बजे बस्नेछ। बैठकमा नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।...
विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली

विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२१, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएको हो । उनले नेपाल अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने बताए । उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने उल्लेख गरे । उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे । अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गरे। अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढङ्गले हुर्का...