राजनीति

रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको हो : गगन थापा

रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको हो : गगन थापा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, माघ काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको भएको बताएका छन् । नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम नपाउने थापाले दाबी गरे । बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले भने, ‘४ लाख ८० हजार मानिस बाँकी रहन्छ। काम कहिल्यै पनि सरकारले दिन सक्दैन । काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ,’ थापाले भने,‘ संसार भरी यही हो । सरकारले काम दिन्छु काम दिन्छु भनेको कसैले नपत्याउनुस्।’ सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने उनले बताए। दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए । बजारलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थापाले बताए ।...
नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घट्यो

नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घट्यो

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
१०, माघ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ । बिहीबार तीन सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ को कारोबार भएको हो । आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको छभने आठ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको रु ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको शेयर किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट ...

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ । उनले भाषा, संस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कलासंस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे ।...
यो सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

यो सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१०, माघ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका हुन् । ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरहेका छौँ’, उनले भने ।...
संघीय निजामती विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति

संघीय निजामती विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, माघ काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विहीबारदेखि सुरु भएको विधेयकमाथिको दफाबार छलफलका क्रममा सरकारले प्रस्ताव गरेको प्रस्तावनालाई संशोधन गर्ने सहमति भएको हो । प्रस्तावित प्रस्तावनामा प्रविधिमैत्री, पारदर्शी, परिणाममुखी, समावेशी शब्द थप गर्ने प्रस्तावमा सहमति भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।...
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा

कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिको बैठक सुरु भएको छ । सिंहदरवास्थित समितिको कार्यकक्षमा जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने एजेन्डा छ । बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा कानुन मन्त्री अजयकुमार चौरसिया, श्रम मन्त्री सरतसिंह भण्डारीलगायत सांसदहरू सहभागी छन् ।...
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैनः अध्यक्ष प्रचण्ड

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैनः अध्यक्ष प्रचण्ड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१०, माघ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गदै उनले यस्तो धारणा राखेको हो । नीतिगत रूपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट गरे । यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे । देशको राजनीति सहज नदेखिएको उल्लेख गदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए । सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए।...
आजदेखि शहीद सप्ताह सुरु

आजदेखि शहीद सप्ताह सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, माघ काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे । बिसं १९५० मा वनारसमा जन्मेका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय छन् । उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरी बोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।शास्त्रीको श्रद्धाञ्जली सभा भएको उक्त स्थानला...
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा विहिबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । ‘विभिन्न कठिनाईका बावजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ”, उनले भने ।...
राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१०, माघ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यसमिति बैठकका लागि छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्दैछ । बैठक धुम्बाराहीस्थित एस।आर बैंक्वेटमा बिहान ११स्०० बजेदेखि शुरु हुनेछ ।...