राजनीति

आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । आज एकै पटक तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल हुनेछ ।  ...
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह

नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताएका छन् । आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै आशा जगाउने काम गरिरहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उनले उल्लेख गरे ।...
अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत

अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, माघ काठमाडौं । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।...
चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

ताजा अपडेट, राजनीति, समाचार
९, माघ चितवन।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त भएका छन्। विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा.अर्जुनकुमार श्रेष्ठ,पशु विज्ञान,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनमा प्रा.डा.भूमिनन्द देवकोटा र वन संकायको डीनमा प्राध्यापक बासु पोखरेललाई नियुक्त गरेको हो। यस्तै विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको निर्देशकमा प्रा.डा.निराजन भट्टराई नियुक्त भएका छन्।कृषि संकायका डीन श्रेष्ठ यसअघि सोही संकायका डीन थिए ।भने,पशु संकायका डीन देवकोटा स्नातकोत्तर तहको कार्यक्रम निर्देशक थिए ।वन संकायका डीन पोखरेल यसअघि नै सहायक डीन भएर कार्य गरिसकेका व्यक्ति हुन् ।अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. भट्टराईले यसअघि निरन्तर शिक्षा केन्द्रका निर्देशक भएर काम गरिसकेका थिए । विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाल...
सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदै छौँ : गृहमन्त्री लेखक

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदै छौँ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, माघ काठमाडौं । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर कानून बनाइएको छ ।’   कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’ गृहमन्त्री लेखकले भने ।...
वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको उनले बताए...
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

ताजा अपडेट, राजनीति, समाचार
९, माघ बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए। सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकार सम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे । उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”...
नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, माघ काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । नेकपा एमालेको मंगलबार साँझ बसेको पार्टीको सचिवालय बैठकले विसं २०८२ भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो अधिवेशन गर्ने निर्णय गरेको एमालेको सचिवालयले जनाएको छ । यसअघि एमालेले २०७८ असोजमा विधान अधिवेशन गरेको थियो ।  ...
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, माघ काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् । लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् । मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता(कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए । लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्...
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, माघ काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।...