राजनीति

अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह

अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, माघ काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन्। बुद्धनगर टोल सुधार समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने बताए । सरकारले नीति बनाएको छ । कानून पनि छ । सार्वजनिक जग्गा त सार्वजनिक नै रहनुपर्‍यो नि, उपप्रधानमन्त्री सिंहले भने, सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने त्यसरी हडपेको जग्गा सरकारले फिर्ता ल्याउँछ । ठाउँ ठाउँमा अहिले फिर्ता पनि भइसकेको छ । उनले सरकारले नागरिकको जीवन र जिविका सहज बनाउन लागिरहेको बताए  ।...
नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, माघ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए । उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन जरुरी रहेको बताए । नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुन उनको भनाइ थियो । नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताउँदै मन्त्री पाण्डेले पर्यटकहरू देशको समृद्धिको वाहक भएको उल्लेख गरे ।...
प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, माघ तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् । उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ ।...
अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव

अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, माघ काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको दाबी गरेका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताए ।
शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित भएको हो । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान ...
प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि अ‍ोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।...
शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने

शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडौं । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको युवा सङ्घले जनाएको छ । शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जनाएका छन् ।...
काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

ताजा अपडेट, राजनीति, समाचार
११, माघ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो । संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।
स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताएका छन् । । धरान उपमहानगरपालिकामा रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने इकाई, क्यान्सर उपचार ईकाई र फार्मेसि भवनको उद्धघाटन गर्ने क्रममा उनले उक्त कुरा बताएको हो । यो अपूर्णतालाई अन्त्य गर्नका लागी प्रभावकारी सेवा उपलब्ध गराउने गरी उपचारलाई अगाडी बढाउनुपर्छ जसमा सस्तो, सर्वसुलभ र विपन्न नसक्ने वर्गलाई निःशुल्क उपचार हुनुपर्ने बताए। त्यो सेवा उपलब्ध गराउने पहिलो अस्पताल विपि अस्पताल हुनुपर्ने समेत स्वास्थ्यमन्त्री पौडेल बताए। सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकोले सबै औषधी राख्न जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए । जति धेरै औषधि राखियो त्यति धेरै सेवा हुने उनले बताए ।...
सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु आज हुँदै, प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने

सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु आज हुँदै, प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, माघ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुसहितका कार्यक्रम उद्घाटन गर्न ओली रुपन्देही जाने कार्यक्रम तय भएको थियो । तर विशेष कारण वश ओलीले भर्चुअल रूपमै काठमाडौँबाटै उद्घाटन गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अब ओलीले काठमाडौँबाटै इलेक्ट्रोनिक प्रविधिबाटै ब्रेक थ्रु गर्नेछन् ।...