राजनीति

योगलाई विद्यार्थीको जीवनसँग जोड्न आवश्यक छ: शिक्षामन्त्री भट्टराई

योगलाई विद्यार्थीको जीवनसँग जोड्न आवश्यक छ: शिक्षामन्त्री भट्टराई

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, माघ काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्ययताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र योगसँग नजोडीकन समाजलाई समृद्ध बनाउन नसकिने बताइन्। उनले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिबद्धता जनाइन् । शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय भएको उनले बताइन् । मन्त्री भट्टराईले भनिन्, ‘योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी सङ्कल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापस...
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति

सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१,माघ काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गरेका छन् । माघीका अवसरमा राष्ट्रपति भवनमा आज आयोजित चियापान कार्यक्रममा उनले सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट भएको बताए । राष्ट्रपति पौडेलले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति कायम गर्नु नै हो भने । उनले विभिन्न जातजातिले उत्सवका रूपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे ।...
कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । सोमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएको समेत बताएका हुन्। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उनको भनाई थियो ।...
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२९, पुस काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय शारीरिक अपाङ्गसंघले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि’ विषयको राष्ट्रिय कार्यशालामा मन्त्री दाहालले सडक संरचना अपाङ्गमैत्री बनाउन सरकार लागिपरेको बताए । उनले भने, “हामीले सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छौँ । सडक एवं सवारी दुर्घटनामार्फत हुने अपाङ्गता न्यूनीकरणका लागि हामी प्रतिबद्ध छौँ ।” सडक तथा सवारी दुर्घटना अपाङ्गता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको मन्त्री दाहालले उल्लेख गरे। सार्वजनिक सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिन यातायात व्यवसायी एवं मजदुरलाई आग्रह गरे ।...
मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, पुस ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् । विज्ञान प्रवर्द्धनका लागि जापानी समाज ९जेएसपीएस०को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन ९एनजेएए० द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताए । कृषि क्षेत्रमा पुर्‍याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।...
स्थानीय निजामती सेवा विधेयक प्रमाणीकरण

स्थानीय निजामती सेवा विधेयक प्रमाणीकरण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
२९,पुस काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पुस १७ गते पारित भएको विधेयक प्रदेश प्रमुख घर्तीले सोमवार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा १ बमोजिम प्रमाणित भएर प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा ४ बमोजिम प्रमाणीकरण गरेको कार्यालयले जनाएको छ ।...
पुरातात्त्विक स्थलको संरक्षण राज्यको दायित्व : मुख्यमन्त्री सिंह

पुरातात्त्विक स्थलको संरक्षण राज्यको दायित्व : मुख्यमन्त्री सिंह

ताजा अपडेट, राजनीति, समाचार
२९,पुस चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्त्विक स्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् । आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्त्विक स्थलहरूको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए । उनले भने, “पुरातात्त्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोही अनुसार पुरातात्त्विक स्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।” उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गरेका थिए ।...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, पुस काठमाडौं । संघीय संसदअन्तर्गत आज चार समितिको बैठक बस्दैछ। जसअन्तर्गत संघीय संसद, प्रतिनिधि सभा अन्तरर्गत, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ। यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गर्ने तय भएको छ । बैठक बिहान साढे १० बजे बस्नेछ । राष्ट्रिय सभा अन्तर्गतका पनि २ वटा समितिका बैठक पनि बस्दैछन्। दिउँसो साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल जारी रहनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यसूची छ। बैठक ...
रवि लामिछानेमाथि थुनछेक बहस सुरु

रवि लामिछानेमाथि थुनछेक बहस सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेको थुनछेक बहस सुरु भएको हो। काठमाडौँ जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। हिजो थुनछेक बहस सुरु नभएका कारण उनलाई हिरासतमा पठाइएको थियो।...
सार्वजनिक सेवा प्रवाह अध्यादेश : के के छन् सुविधा ?

सार्वजनिक सेवा प्रवाह अध्यादेश : के के छन् सुविधा ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८ पुस,काठमाडौं । सार्वजनिक सेवा प्रवाह अध्यादेश जारी भएको छ । सार्वजनिक सेवा प्रवाह सहज बनाउन सरकारले  सो अध्यादेश जारी गरेको हा्े । सेवा प्रवाहमा नागरिक एप सञ्चालन गर्ने सरकारको तयारी छ । शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गरिने लगायतका व्यवस्था गरिएको छ । यस्ता छन् व्यवस्थाहरुः गैर आबासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउँछन् । सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्था। श्रमिकहरुको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाइएको छ । नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिन भित्र निर्णय गर्नु पर्ने, नगरेमा कारबाही गर्ने व्यवस्था गरिएको छ । कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था गरिएको छ । फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद...