राजनीति

सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४,मंसिर काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जानकारी उपराष्ट्रपतिको सचिवालयले दिएको छ । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’’ उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९ औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको स...
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । भ्रष्टाचारविरुद्ध साझा प्रतिबद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता बनौं, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गरौं भन्ने प्रतिबद्धता गरिएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलगायतको उपस्थिति थियो ।...
झापा पुगेर प्रधानमन्त्री ओलीले भने ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु

झापा पुगेर प्रधानमन्त्री ओलीले भने ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए । उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’ साथै, उनले बाँदरलेजस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।...
रवि लामिछानेलाई पर्सा लगिंदै

रवि लामिछानेलाई पर्सा लगिंदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।
मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमपछि कुरा गर्दै उनले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताए । “बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भने । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उनको भनाइ थियो । मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गरे । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो । आज बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ । यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।...
संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे

बिशेष, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् । संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आइतबार सिंहदरवारमा आयोजना गरेको ‘संघीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताए ।“संघीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।” सङ्...
१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यताका कारण संसद् सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । आइतबार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानुनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानुनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए । सांसदहरू आफू कानुन बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानुन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको सांसदसँग तुलना गर्न नमिल्ने पनि बताए । संसद् सेवालाई थप प्रभावकारी बनाउन कानुनी रूपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद् सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।...
स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल

स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए ।...
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, मंसिर झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे । प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे ।...