राजनीति

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साढे २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ ।...
प्रधानमन्त्री ओली गृह जिल्ला जाँदै

प्रधानमन्त्री ओली गृह जिल्ला जाँदै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दमक विजनेश भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रमका लागि आज गृह जिल्ला झापा जाँदैछन् । हवाईमार्गमार्फत् गृह जिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । झापाको दमक नगरपालिका ३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन गर्नेछ । प्रधानमन्त्री ओली सोमबार पनि झापामै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ...
राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, मंसिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए । अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ”, उनले भने । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए ।...
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबिच एकता घोषणा

माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबिच एकता घोषणा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, मंसिर काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी (नेसपा) निकट शिक्षक समाजबीच एकता घोषणा भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा गरिएको हो । र्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे ।कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको हो ।...
रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, मंसिर काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरु समेत सहभागी हुने कार्यक्रम छ । भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनको भनाइ छ ।...
एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने

एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, मंसिर काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक यही मंसिर र २५ गते बस्ने भएको छ ।पार्टी कार्यालयका सचिव डा।भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।...

परराष्ट्र मन्त्री डा. आरजु राणा युरोप जाँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, मंसिर काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज युरोप प्रस्थान गर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा नेपालका प्रतिनिधित्व गर्न उनी युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार यो सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म हेग, नेदरल्याण्ड्समा भइरहेको छ।आईसीजेको कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जानेछिन् । डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा आयोजित उक्त कार्यक्रममा सहभागी जर्मनीका विदेश मन्त्रीको निमन्त्रणामा उनी जर्मन जान लागेकी हुन् ।भ्रमणको क्रममा उनले बेल्जि...
राज्यले रवि लामिछानेसँग प्रतिशोध साँध्यो : डा. बाबुराम भट्टराई

राज्यले रवि लामिछानेसँग प्रतिशोध साँध्यो : डा. बाबुराम भट्टराई

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए । ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’त्यस्तै, उनले सहकारी समस्या ...
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधान न्यायाधीश राउत

न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधान न्यायाधीश राउत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेसी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताए। “न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन जरुरी छ, गोला प्रणालीको प्रयोगपछि यसले पूर्णता पाएको छ”, प्रधानन्यायाधीश राउतले भने, “हरेक दिन गोला प्रणालीले गर्दा इजलासमा आउने नयाँ विषयका विषयमा पनि छलफल गरिन्छ, समस्या देखिए कानुनी बाटो खोजेर सल्टाउने काम गरिन्छ ।” उनले इजलासमा हरेक दिन केही नयाँ विषय आउने गरेको र पुराना मुद्दाका साथै धेरै मुद्दाको आदेश वा फैसला गरेका विषयमा पनि छलफल हुने गरेको जानकारी गराए । सर्वोच्च अदालतमा ...
मंसिर २३ गतेबाट निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरु गर्ने

मंसिर २३ गतेबाट निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरु गर्ने

ताजा अपडेट, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् । अयसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    ...