पक्राउ पूर्जीपछि रविको आक्रामक स्टाटस : दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?
२ कार्तिक,काठमाडौं ।आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा आक्रामक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक स्टाटस लेखेका छन् ।
हेर्नुस रविको स्टाटसः
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने रु
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हि...








