राजनीति

माओवादीले प्रचण्डको नेतृत्वका काठमाडौंमा खबरदारी सभा गर्दै

माओवादीले प्रचण्डको नेतृत्वका काठमाडौंमा खबरदारी सभा गर्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१० कात्तिक,काठमाडौं ।नेकपा माओवादी केन्द्रले खबरदारी सभा गर्दैछ ।सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले जनाएको छ। विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता,गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी,राहत वितरण,घाइतेहरुको उपचार,अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न,आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्नु परेको सो केन्द्रको भनाई छ। राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न,राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ।सभा  भृकुटी...
सत्तारुढ दलहरुको सन्देश : एकताबद्ध सरकार, विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाइने

सत्तारुढ दलहरुको सन्देश : एकताबद्ध सरकार, विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाइने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१० कात्तिक,काठमाडौं।सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएलगत्तै सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । हिजो शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकको निर्णय र तत् पश्चात सार्वजनिक गरिएको सातबुँदे संयुक्त वक्तव्यको भूमिकामा भनिएको छ — सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो ।मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउने कुरा उल्लेख छ । बैठकमा सहभागि प्रमुख सत्ताधारी पार्टी नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भने, ‘नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर्थन जनाउने निर्णय बैठकमा भयो।’ ‘सात दलले सरकारले गरेको राम्रा कामहरुको समर्थनसँगै गर्न खो...

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले दिए जाहेरी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७ कार्तिक,काठमाडौं ।अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सहकारी ठगी प्रकरणमा सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् । सफलले दुई जना उपसभापतिसहित रास्वपाका नेता विराजभक्त श्रेष्ठ,संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार,पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल,गणेश पराजुली,मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको जनाएका छन् । उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोह सम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुरका कारण उक्त कसुर...
पार्टी केन्द्रीय भवन दानमा फरक मत राखेका नेतालाई स्पष्टीकरणमा के सोधियो ?(स्पष्टीकरण पत्रसहित

पार्टी केन्द्रीय भवन दानमा फरक मत राखेका नेतालाई स्पष्टीकरणमा के सोधियो ?(स्पष्टीकरण पत्रसहित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६ कार्तिक काठमाडौं।पार्टी केन्द्रीय भवन दानमा फरक मत राखेका पार्टीका तीन नेतालाई नेकपा एमालेले ७ दिने स्पष्टीकरण सोधेको छ । एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई स्पष्टीकरण सोधेको हो । एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे ,केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र सधैं फरक मत राख्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई समेत स्पष्टीकरण सोधेको जनाएको छ । उनीहरूलाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गर्दै स्पष्टीकरण सोधिएको  एमालेका एक नेताले बताए । यस्तो छ — स्पष्टीकरण पत्र :- २०७२ सालको महाभूकम्पका कारण हाम्रो पार्टीको बल्खुस्थित केन्द्रीय कार्यालय भवन पूर्णरूपमा क्षति भएपश्चात् विभिन्न ठाउँमा पार्टी कार्यालय भाडामा सञ्चालन गर्दै आएकोमा पछिल्लो समय च्यासलास्थित तुलसील...

सरकारको दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना छैन : प्रधानमन्त्री,विपक्षी दलको राय के?

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
६ कार्तिक,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको योजना नरहेको बताएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो बारे बताएका हुन्। ‘प्रधानमन्त्री ओलीले भने, ‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन।अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला,मेरो त्यस्तो कुनै योजना छैन।’ विपक्षी दलहरुले पनि सो अध्यादेश ल्याउन नहुने राय राख्दै ज्ञापनपत्र बुझाएका छन् ।...
विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग एमालेले माग्यो स्पष्टीकरण

विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग एमालेले माग्यो स्पष्टीकरण

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ कात्तिक, काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले नेता द्धय विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले  स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको  हो । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए ।‘महासचिव पोखरेलले भने , ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकराण सोध्ने निर्णय भएको छ।’ बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई पनि पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए ।उक्त निर...
आज एमालेको सचिवालय बैठक बस्दै

आज एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
४ कार्तिक,काठमाडौं ।सत्तारूढ दल नेकपा एमालेको आज सचिवालय बैठक बस्ने भएको छ । आज आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । उपाध्यक्ष पौडेलका अनुसार सो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयारी छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बृहत छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले जानकारी दिएका छन् । फोटो स्रोत : सविन भण्डारी...
पक्राउ परेका  सभापति लामिछानेको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण हुँदै

पक्राउ परेका सभापति लामिछानेको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण हुँदै

अपराध, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३ कार्तिक,काठमाडौं ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पु–याइएको  छ। शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय पु–याइएको  प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पु–याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने बताइएको छ। सभापति लामिछानेलाई ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाका नेता कार्यकर्ताले चर्को विरोध गरेका थिए ।उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाएका थिए ।...
सहकारी ठगी प्रकरणमा रविसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी,लामिछाने पक्राउ

सहकारी ठगी प्रकरणमा रविसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी,लामिछाने पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२ कात्तिक,काठमाडौं ।सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरेको हो ।जसमा लामिछानेसँगै विशाल तामाङ,नवीन अछामी,रविना रिमाल,असरफ अली सिद्दिकी,दीपक लामा,अनन्त बाबु राई,रामबहादुर खनाल छन् । यस्तै देवेन्द्रबाबु राई,विज्ञान राई, ओमप्रकाश गुरुङ,वीरबहादुर रानाभाट, दीपा न्यौपाने,कल्पना कुमारी श्रेष्ठ पनि छन् । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।यसअघि छविलाल जोशी,जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ । यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री ...

रविलाई एमालेका केन्द्रिय सदस्य रिजालको जवाफ : ‘सरकार मरेको होइन,सक्रिय भएको हो’

ताजा अपडेट, राजनीति, समाचार
२ कार्तिक, काठमाडौं।नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन्। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् । रिमालले समेत फेसबुकबाटै जवाफ लेख्दै भनेका छन्,रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको।कानुनले आफ्नो बाटो लिन्छ,लिनुपर्छ। रवि पक्राउ पर्दा के आकाश खस्छ भनेर उनले प्रश्न समेत गरेका छन्।उनले कानुनलाई सघाउन र ६५ करोडबारे जवाफ खोज्न अदालतल...