राजनीति

एमालेले बागमतीका ७ पदमा टुंग्यायो उम्मेदवार

एमालेले बागमतीका ७ पदमा टुंग्यायो उम्मेदवार

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३ कार्तिक काठमाडौं ।नेकपा (एमाले)ले बागमती प्रदेशका विभिन्न स्थानमा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । शुक्रबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नम्बर १२, नुवाकोटको ककनी वडा नम्बर २ का लागि उम्मेदवार टुंगो लगाएको हो । एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ र ४ मा क्रमशः हर्ष महर्जन र बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाको हकमा सम्बन्धित जिल्लाले नै निर्णय गरेका हुन् । त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा लक्ष्मीरत्न तुलाधर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहा...
कांग्रेसले तोक्यो उपनिर्वाचनका प्रादेशिक कमान्डर(सूचिसहित)

कांग्रेसले तोक्यो उपनिर्वाचनका प्रादेशिक कमान्डर(सूचिसहित)

ताजा अपडेट, राजनीति, समाचार
२२ कार्तिक,काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि प्रदेश,जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक,समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । बुधबार नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले नेताहरूको जिम्मेवारी निर्धारण गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। मुख्यसचिव पौडेलका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, डा. प्रकाशशरण महत,पुष्पा भुसाल,मीन विश्वकर्मा र मधु आचार्य,एनपी साउद लगायतलाई प्रादेशिक कमान्डर तोकेको छ । क–कसलाई कुन प्रदेशको जिम्मेवारी ? १) महालक्ष्मी उपाध्याय ‘डिना’ – बागमती प्रदेश २) भीष्मराज आङ्दम्बे – कोशी प्रदेश ३) महेन्द्र यादव – मधेश प्रदेश ४) जीवन परियार – कर्णाली प्रदेश एवं गण्डकी प्रदेश ५) प...
उपनिर्वाचन उम्मेदवार छनौटमा सर्वसम्मति : एमालेको एकताबद्ध सन्देश,तलदेखि माथिसम्म छैन विमति

उपनिर्वाचन उम्मेदवार छनौटमा सर्वसम्मति : एमालेको एकताबद्ध सन्देश,तलदेखि माथिसम्म छैन विमति

ब्यानर-१, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना ) २१ कार्तिक,काठमाडौं । नेकपा (एमाले)काठमाडौंले आगामि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।उपनिर्वाचन हुन लागेका सो जिल्लाका ४ वटै सीटमा एमाले काठमाडौंले सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको हो। आज बुधबार कामपा वडा नं १६ को नयाँबजार स्थित मल्टि भेन्युमा बसेको नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले वडा नं १६ को वडा अध्यक्ष पद,कृर्तिपुर नगरपालिकाको प्रमुख पदसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए । बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष निरौलाले वडा र नगर कमिटीले सर्वसम्मत रुपले उम्मेदवार छनौट गरेका कारण पनि सो सिफारिसलाई सजिलै अनुमोदन गरेर प्रदेश कमिटीमा पठाइएको बताए।साथै उनले प्रदेशले पनि सो सिफारिसलाई सर्वसम्मत तवरबाट अनुमोदन गर्ने र सोहि नामावली नै निर्विरोध रुपमा केन्द्रमा सिफारिस...
स्थानीय तहका यी ४४ पदमा हुँदैछ उपनिर्वाचन,थपिए ५ पद

स्थानीय तहका यी ४४ पदमा हुँदैछ उपनिर्वाचन,थपिए ५ पद

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
२१ कार्तिक,काठमाडौं।आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुदै छ ।यी ४४ पदमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले पनि व्यवस्थित तयारी गरिरहेको जनाएको छ । यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको छ। ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले राजीनामा दिएसँगै आयोगको कात्तिक ११ गतेको निर्णयबाट उपनिर्वाचन गर्ने निर्णय भएको छ । सोही मितिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन गर्ने निर्णय भएको छ । सो वडाका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष, रुकुम (पूर्वभाग) स्थित पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ।ती स्थानी...
एमालेले बोलायो सचिवालय बैठक,उपनिर्वाचनका विषयमा बृहत छलफल हुने

एमालेले बोलायो सचिवालय बैठक,उपनिर्वाचनका विषयमा बृहत छलफल हुने

ताजा अपडेट, राजनीति, समाचार
मनिषा गुरुङ २१ कार्तिक,काठमाडौं ।नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाएको एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राइले बताए। मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नं १६ को १० औं पूर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज राईले सो बारे जानकारी गराएका हुन्। सो सचिवालय बैठकमा स्थानीय तहको उपनिर्वाचन,सिफारिस उम्मेदवारको नामावलीको छिनोफानो लगायत,समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको एमाले १६ नं वडा कामिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए । एमाले १६ नं वडा कमिटीले कामपा १६ को वडा अध्यक्षका लागि लक्ष्मीरत्न तुलाधरको एकल नाम सर्वसम्मले सिफारिस गरि नगर कमिटीमा पेश गरिसकेको पनि अध्यक्ष श्रेष्ठले बताए ।  ...
रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० कार्तिक पोखरा ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । कात्तिक २ गते  पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो ।  दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।...
एमाले काठमाडौं १६ नं वडा अध्यक्षमा तुलाधर सर्वसम्मतिले सिफारिस

एमाले काठमाडौं १६ नं वडा अध्यक्षमा तुलाधर सर्वसम्मतिले सिफारिस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
मनिषा गुरुङ २० कार्तिक,काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदको लागि एमाले १६ नं वडा कमिटीले लक्ष्मीरत्न तुलाधरलाई सिफारिस गरेको छ । आज मंगलबार पार्टीकार्यालयमा बसेको वडा कमिटीको १० औं पूर्ण बैठकले आगामि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तुलाधरलाई सर्वसम्मत रुपले उम्मेदवार सिफारिस गरेको एमाले १६ नं वडा कमिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए ।  वडा कमिटीले आजै लिखित पत्रसहित सो सिफारिस महानगर कमिटीलाई पठाइसकेको पनि अध्यक्ष श्रेष्ठले बताए । एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठले यसबारे छलफल गर्न भोलि बुधबार बिहान ७ः३० बजे नगर कमिटीको बैठक बोलाइसकेको बताए । एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाका अनुसार यसबारे छलफल गर्न जिल्ला कमिटीले पनि भोली बुधबार नै मध्यान्ह १२ः३० बजे बैठक बोलाइसकेको बताए ।  वडा कमिटीले एकल न...
एमाले कार्यालयको जग्गादान प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश

एमाले कार्यालयको जग्गादान प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३ कार्तिक,काठमाडौं ।नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् ।भवन पनि  बनाइदिने घोषणा गरेका छन् । अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै आलोचना पनि भइरहेको छ। एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए। गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् ।भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन् ।...
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिए

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिए

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
११ कात्तिक,काठमाडौं।आगामी १६ मंसिरमा हुने  उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएका छन् ।  उपनिर्वाचनका लागि न्याय परिषदले तत् जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको थियो । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।साथै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । हेर्नुहोस् सिफारिस नामावली विवरण—ः  ...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै,आन्दोलनको स्वरूपबारे छलफल हुने

ताजा अपडेट, राजनीति, समाचार
१० कात्तिक,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाको) केन्द्रीय समिति बैठक बस्दै छ।हिजो शुक्रबार बसेको केन्द्रीय समितिको अनौपचारिक छलफलबाट आज शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार आज बैठक बोलाइएको रास्वपाले जनाएको छ। आज दिउँसो १ बजे बनस्थिलिस्थित पार्टी केन्द्रीय कार्यालयमा सो समितिको बैठक बस्न लागेको कार्यवहाक प्रवक्ता मनिष झाले बताएका छन् ।बैठकमा समसामयिक राजनीतिक गतिविधि,आगामी कार्यदेश र विविध विषयमा छलफल हुनुका साथै आन्दोलनको कार्यक्रमको स्वरूप बारे छलफल हुने र विवरण सार्वजनिक गर्ने रास्वपाले जनाएको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौंको माइतीघर क्षेत्रमा पनि प्रदर्शन गरेको थियो।  ...