राजनीति

काँग्रेसको १०० दिने अभियान पुनः सुरु

काँग्रेसको १०० दिने अभियान पुनः सुरु

ताजा अपडेट, राजनीति, समाचार
१, मंसिर चितवन । नेपाली काँग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनः सुरु गरेको छ । काँग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ । असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आइसकेका छन् । केन्द्रीय प्रतिनिधिका रूपमा आएका आचार्यको उपस्थितिमा यहाँका सात पालिका र ९८ वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको नेपाली काँग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए । जिल्लाले सातै पालिका र ९८ वटै वडामा महाधिवेशन, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका सदस्यलाई प्रतिनिधिका रूपमा खटाइएको उनले बताए । खटाइएका प्रतिनिधिले मङ्सिर १० गते...
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१ मंसिर काठमाडों । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पार्टीको ११ औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गरे । सचिवमा रामप्रसाद सुवेदी (रविन्द्रं) निर्वाचित भए । उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे । सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गरे । उपसचिव ९खुला० मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन् । राईले एक सय ७० मत प्र...
देउवाले मनोनीत गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य,को कहाँ ?

देउवाले मनोनीत गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य,को कहाँ ?

ताजा अपडेट, राजनीति, समाचार
३० कर्तिक,काठमाडौं । नेपाली कांग्रेसले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्य मनोनयन गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेका छन् ।उनका अनुसार पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन्। मनोनित व्यक्ति र स्थान :- रामकृष्ण लकान्द्री, तेह्रथुम दीपक सोनी, दैलेख कलावती पासवान, बारा विपेन्द्र रामुदामु, चितवन कुमार टेलर, डोटी शान्ता सुनार, धादिङ प्रकाश घतानी, काठमाडौं सुनिल बुढाथोकी, पाल्पा कुमारी सार्की, कैलाली केदार गान्धारी,गोरखा...
दोश्रो ग्लोबल साउथ थिङ्क ट्यांक्स समारोहमा नेपाल :समान विकासका लागि विश्वका सभ्यताको आदान–प्रदान आवश्यक : ईश्वर पोखरेल

दोश्रो ग्लोबल साउथ थिङ्क ट्यांक्स समारोहमा नेपाल :समान विकासका लागि विश्वका सभ्यताको आदान–प्रदान आवश्यक : ईश्वर पोखरेल

अन्तर्राष्ट्रिय, ब्यानर-१, राजनीति, समाचार
३० कार्तिक,काठमाडौं। चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग सुरु भएको छ ।समारोहमा बिश्वका १०० भन्दा बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरुको सहभागिता  छ । चिनियाँ कम्युनिष्ट पार्टी बिदेश विभागको आयोजनामा ग्लोबल साउथ देशहरुका समस्याहरुलाई सामुहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वब्यापी अभियानलाई थप सुदृढ बनाउने उद्धेश्यका साथ आयोजना भएको सो सम्मेलनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा नेपालका पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरलको नेतृत्वमा पन्ध्र सदस्यीय प्रतिनिधि मण्डलको समभागिता रहेको छ । “मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि” विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपालका पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सा...
राजनीति स्थायित्व कायम भए देश निर्माण गर्न समय लाग्दैन : महासचिव पोखरेल

राजनीति स्थायित्व कायम भए देश निर्माण गर्न समय लाग्दैन : महासचिव पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
२८ कार्तिक,काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताएका छन्। मंगलबार विराटनगरमा नेकपा एमाले संगठन कमिटी मोरङद्धारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले देश विकासको लागि राजनीतिक स्थायित्वको आवश्यक औंल्याए । महासचिव पोखरेलले अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनु पर्ने विषयमा छफफल हुनुपर्ने बताए । नेपालको विकास रातारात हुने खालको विकास नभएको साथै  सरकारले विकास एक्लै गर्न नसक्ने भन्दै देश निर्माणमा सबै जनाता एकजुट हुनु पर्ने जिकिर गरे।प्रशिक्षणमा उनले नेकपा एमाले देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएको  दाबी गरे।  एमालेको लक्ष्य चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको पनि उनले स्पष्ट पारे।...
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
मनिषा गुरुङ २७ कात्तिक,काठमाडौं ।निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले सोमबारदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको जनाएको छ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताएका छन्। आगामी मङ्सिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि हुने उपनिर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख दुई,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार,नगरपालिका प्रमुख एक,उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुदैछ। यसका लागि मङ्सिर २...
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिस्पर्धी हुन् :शेखर कोइराला

सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिस्पर्धी हुन् :शेखर कोइराला

ताजा अपडेट, राजनीति, समाचार
२५ कार्तिक काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका दुई ठुला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन् । शनिबार कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको बिपी कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनमा यी दुवै पार्टी नै प्रतिस्पर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेता डा. कोइरालाले अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको समेत बताए ।  देशको राजनीतिक परिस्थितिले ठुला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिस्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भने, “आगामी मङ्सिर १६ गते...
एमालेले टुंग्यायो उपनिर्वाचनका लागि ३३ क्षेत्रमा उम्मेदवार

एमालेले टुंग्यायो उपनिर्वाचनका लागि ३३ क्षेत्रमा उम्मेदवार

ब्यानर-१, राजनीति, स्थानीय
२५ कार्तिक,काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार सबै स्थानका उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले वडा,पालिका,जिल्ला र प्रदेशकमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुको नाम अनुमोदन गरेसँगै उम्मेदवारको टुंगो लागेको हो।उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार योसँगै एमाले उपनिर्वाचनमा केन्द्रित भएको छ । मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ ।एमालेले बाँकी क्षेत्रका उम्मेदवारको पनि छिट्टै टुंगो लगाउने उनले बताइन् । सो सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको समेत निष्कर्ष निकालेको पनि उनले बताइन्...
आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती मनाइँदै

आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती मनाइँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४ कार्तिक,काठमाडौं।प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा लिइने सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए।विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । त्यागबाट राजनीतिक जीवन सुरु गरेका सिंहले १९९७ सालदेखि २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गरेका थिए ।कसैलाई विश्वासघात नगर्ने अन्य पार्टीको पनि विश्वास र मन जित्ने खालको स्वभाव भएका उनको  जन्मजयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तप...
आज एमालेको सचिवालय बैठक बस्दै

आज एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ कार्तिक,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमालेको आज सचिवालय बैठक बस्दै छ। आज शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने सो बैठक विषेशगरि उपनिर्वाचनका विषयमा केन्द्रित हुने पार्टी केन्द्रिय उपाध्यक्ष तथा सचिवालय सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय,सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र,लगायतका विषयमा समेत छलफल हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने सो बैठकमा सहभागीताका लागि सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको पनि उनले बताइन् । ...