राजनीति

आज दिउँसो एमालेको सचिवालय बैठक बस्दै

आज दिउँसो एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ भदौ,काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने बताइएको छ । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको एमालेको सचिवालयले जनाएको छ ।
काठमाडौंमा एकीकृत समाजवादीका उपाध्यक्ष र सचिवसहित १६० जना नेता–कार्यकर्ता एमालेमै फर्किए

काठमाडौंमा एकीकृत समाजवादीका उपाध्यक्ष र सचिवसहित १६० जना नेता–कार्यकर्ता एमालेमै फर्किए

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) १२ भदौं,काठमाडौं ।काठमाडौं उपत्यकामा नेकपा (एकीकृत समाजवादी)का १ सय ६० जना नेता–कार्यकर्ताहरु पुनः नेकपा एमालेमै फिर्किएका छन् । बुधबार नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई एमालेमा समाहित भएको घोषणा गरिएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी छोडेर पुनः पुरानै पार्टी एमालेमा फर्किएका उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश इन्चार्ज राजन भट्टराई र पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले खादा र अबिर लगाएर स्वागत गरेका थिए । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राई र एमाले काठमाडौंका अध्यक्ष दिपक निरौंलाको विशेष पहलमा पुरानै पार्टी फर्किका उनीहरुको पार्टी सदस्यता पनि पुरानै कायम हुने र सोही अनुसारले निरन्तरता दिइने बाग...
काठमाडौंका सडक पानी पर्ने बित्तिकै भैंसीले आहाल खेल्ने पोखरी जस्तो हुन्छ : शिशिर खनाल

काठमाडौंका सडक पानी पर्ने बित्तिकै भैंसीले आहाल खेल्ने पोखरी जस्तो हुन्छ : शिशिर खनाल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रिङरोडको सडक पानी पर्नासाथ भैसीले आहाल खेल्ने पोखरी जस्तो भएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा खनालले पानी परेपछि सडकको अवस्था बारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘रिङरोड मूलत गोंगबु सामाखुसी क्षेत्रमा पानी पर्ने बित्तिकै भैंसीले आहाल खेल्ने पोखरी जस्तो हुन्छ,’ खनालले भने,‘यहाँबाट पाँच किलोमीटर टाढाको दुरावस्था देख्दा पनी सरकार किन आँखा बन्द गरेर बसेको हो ।’ सांसद खनालले काठमाडौंको नेपालटार देखि डाडा गाउँको एक किलोमिटर बाटोमा फोर व्हील बाहेकका गाडी नै नचल्ने अवस्थामा रहेको जानकारी सदनमा गराए । काठमाडौं क्षेत्र नम्बर ६ स्थित साङ्ला बिहानी चोकको सडकमा धान रोप्ने खेतजस्तो भएको बताए ।    ...
प्रतिनिधि सभा बैठक : स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा बैठक : स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन, अराजक व्यवहार प्रदर्शन गर्नेलाई कारबाही गर्न तथा महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको क्रियाशीलतामा जोड दिए । यस्तै, बिग्रेभत्केका सडक पूर्वाधारका कारण दैनिकजसो सवारी दुघर्टनामा बढोत्तरी भई जनधनको क्षति भएकाले आवश्यक सतर्कता अपनाउन कानुन कार्यान्वयन गराउनुपर्ने बताए । सांसद विना लामाले धादिङ र रसुवाको सीमाक्षेत्रमा अवैध कारोबार मौलाएको भन्ने सूचना आएकाले शान्ति सुरक्षाको प्रबन्ध गर्न र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले लामो समयदेखि राजदूत नियुक्ति हुन नसक्दा मुलुकको प्रतिष्ठामा आँच आएको भन्दै तत्काल नियुक्त गर्नुपर्ने बताए ...
एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउँछौँ : शिक्षा मन्त्री भट्टराई

एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउँछौँ : शिक्षा मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताएकी छन् । सिंहदरवारस्थित मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गरिन् । “विद्यालय शिक्षा विधेयक ल्याउन ढिला भयो । अब चाँडै विधेयक ल्याउन पहल गर्छु”, उनले भनिन् यो, “उच्च शिक्षा विधेयक चाँडै ल्याउनमा म सचेत छु ।” मन्त्री भट्टराईले विधेयकबारे सरोकारवाला, कानुन र अर्थ मन्त्रालयसँग छलफल गर्ने बताए । उच्च शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले विश्वास व्यक्त गरिन्। मन्त्री भट्टराईले विद्यालय जस्तै विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्नुपर्ने बताइन् । “विश्वविद्यालय आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका छन् । तिनीहरूलाई हामीले राज्य र समाजसँग जोडन सकेका छैनौँ”, उनले भनिन्, “राज्य र समाजसँ...
नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधान सेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...
माओवादी घटकबीच एकता आवश्यक : नेता शर्मा

माओवादी घटकबीच एकता आवश्यक : नेता शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
तुलसीपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् । मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् । ‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी पार्टीले छलफल अघि बढाएको छ’, उनले भनिन् ।...
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन् । राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए। खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १८९, १५६, १३९, १५१ मत पाए। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १५८, १०७, १०६, १०५ मत ल्याए। त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।...
प्रचण्डले एक हिसाबले राजनीतिबाट संन्यास लिनुभयो : बर्तौला

प्रचण्डले एक हिसाबले राजनीतिबाट संन्यास लिनुभयो : बर्तौला

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२ भदौं,काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट संन्यास लिएको घोषणा गरेको टिप्पणी गरेका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले संसदमा अध्यक्ष प्रचण्डले बोलेको कुरा नियाल्दा प्रचण्डले अब माओवादी केन्द्र र आफू कुनै पनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिक पराजय स्वीकार गर्नुसरह रहेको बताए। सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भूमिकाबारे प्रश्न गर्दै कुण्ठा व्यक्त गरेको र सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको संन्यासको घोषणा रहेको प्रमुख सचेतक बर्तौलाको भनाई छ। ‘माननीय पुष्पकमल दाहालज्यूले संसदमा बोल्दै गर्दा लाग्यो, आजदेखि माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पक...
राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज पाल्पा पुगेका छन्। ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न त्यहाँ पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् । रथ जात्रामा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मानवीर राईलाई समेत भव्य रूपमा स्वागत गरिएको हो। तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गर्दछ। प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदासमेत दिएको छ।...