नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएः एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् । संसद्का दुई ठुला पार्टी एमाले र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा नपुगेको उनले बताए । महासचिव पोखरेलले देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ कांग्रेस–एमालेको समझदारी बनेको बताए ।
एमाले ललितपुर जिल्ला कमिटीद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएको बताए । उनले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अफ्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको बताए ।
महासचिव पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा र जनताको बहुदलीय जनवाद ९जबज० विषयमा प्रशिक्षण दिँदै जबजको औचित्य समाप्त भयो...









