राजनीति

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक सिंहदरबार अगाडिको होटेल बसेरामा बसिरहेको हो । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक आयोजना गरिएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् । सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।...
सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७ साउन,काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन्। बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन्। एमालेले आज सचिवालय बैठक बोलाएको छ। तर, भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, शुभ बिहानी। सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको ...
नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ साउन,काठमाडौं ।नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।शीतल निवासमा अपराह्न ५ बजे उनीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ। बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन्।मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए। बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा,लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन्।...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१७ साउन,काठमाडौं ।नेकपा एमालेको सचिवालयको बैठक बस्दै छ । बैठक आज बिहिबार बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्ने बताइएको छ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सो बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नेछ । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे बमोजिम बैठकले यस सम्बन्धि मापदण्ड बनाएर केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमको भनाई छ ।...
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक,को–को भए राजदूतमा सिफारिस ?

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक,को–को भए राजदूतमा सिफारिस ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन मार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री गुरुङका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता,१८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै बागमती,लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको मन्त्री गुरुङले जानकारी दिएका छन् । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ।यसैगरी सो बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको मन्त्री गुरुङले बताएका छन्।      ...
आम चुनावको २० महिनापछि बल्ल बाँकी रहेको संसदीय समिति गठन हुँदै

आम चुनावको २० महिनापछि बल्ल बाँकी रहेको संसदीय समिति गठन हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, साहित्य
काठमाडौं । आम चुनावको २० महिनापछि बल्ल संघीय संसदको बन्न बाँकी एउटा समिति गठन हुन लागेको छ । संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन्।त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए।राज्यका सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने गठन नै हुन सकेको थिएन। मंगलबार कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर सभामुख देवराज घिमिरेले समिति गठन गर्न लागेका हुन् । मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरूको नाम प्रस्तुत गर्ने कार्यसूची छ ।प्रस्तुत प्रस्तावलाई सभाले स्वीकार गरेपछि समिति गठन हुनेछ ।...
निर्माणाधीन संसद भवनको काम ९ महिनाभित्र सक्न मन्त्री सिंहको निर्देशन

निर्माणाधीन संसद भवनको काम ९ महिनाभित्र सक्न मन्त्री सिंहको निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन । भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ । सुरुका वर्ष कोभिडका कारण काममा ढिलाइ भएको भनिए पनि कोभिड महामारी सकिसक्दा पनि कामले गति लिन सकेको छैन । अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिए । निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्न...
लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो : महासचिव पोखरेल

लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे । झराजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो ।ञ महासचिव पोखरेलले भने झत्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो ।महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँद...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।...
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै,प्रदेश सभाको बैठक तीन बजे

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै,प्रदेश सभाको बैठक तीन बजे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
मकवानपुर।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज  विश्वासको मत लिँदै छन्। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए।लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि  प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री नियुक्तको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ।...