राजनीति

‘द्वन्द्वपीडितको न्यायका लागि मिडियाको भूमिका अपरिहार्य छ’ : अध्यक्ष गडतौला

‘द्वन्द्वपीडितको न्यायका लागि मिडियाको भूमिका अपरिहार्य छ’ : अध्यक्ष गडतौला

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, जेठ काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन र संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मिडियाको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।  तेस्रोपटक पुनर्गठन भई हाल पूर्णता प्राप्त आयोगका गतिविधिबारे शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै उनले मिडियाले द्वन्द्वपीडितको न्यायका लागि सकारात्मक योगदान पुर्‍याउनुपर्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, “हाम्रो प्रतिबद्धता द्वन्द्वपीडितलाई न्याय दिलाउने हो । राहत, परिपूरण, क्षतिपूर्ति तथा न्याय दिलाउन मिडियाको भूमिका अपरिहार्य छ र हामी मिडियासँग सहकार्य गर्न तयार छौँ।” अध्यक्ष गडतौलाले मिडियाले समाचार प्रकाशनमा मात्र नभई जनमत निर्माणमा समेत सहयोग गर्नुपर्ने बताउँदै द्वन्द्वपीडितको संवेदनशीलता र मानवीय पक्षलाई ध्यानमा राखेर आयोगले आफ्नो कार्य छिटो सम्पन्न ग...
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग ९बटमलाइन० राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे । “म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।”...
बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री पौडेल

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, जेठ काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन्। “बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन । यसको प्रभावकारी कार्यान्वयन हुन्छ । आजैदेखि बजेट कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछ”, उनले भने, “बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको छ । पूर्वतयारीका काम सकिएका आयोजना कार्यान्वयनका लागि हामी साउन कुर्नै पर्दैन । अहिले नै प्रक्रिया अघि बढाउ...
गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, जेठ काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो,’ पाण्डेले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन ...
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, जेठ काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरूद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रूपमा पनि यो दिवसलाई लिन सक्नुपर्नेमा जोड दिए । उनले भने, “महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकारजस्ता मूलभूत विषयलाई अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।”...
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, जेठ काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् । उनीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरूले बिहीबार शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए । यस्तै उनीहरूले संघीयता खारेजीको माग राखेका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।...
सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, जेठ काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।...
बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन आज

बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन आज

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण सभाहलमा आयोजना हुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने उनको सचिवालयले जानकारी दिएको छ । सरकारले हिजो संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको छ। उक्त बजेटबारे थप स्पष्टता र स्पष्टीकरण दिन आजको पत्रकार सम्मेलन आयोजना गरिएको हो ।...
अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, जेठ काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गरेका छन् । यस्तै पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रम अघि बढाउने योजनासमेत उनले सुनाए । निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सृजना गर्न अध्यादेशमार्फत कानुनहरूमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको सन्दर्भमा सार्वजनिक ...
समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१५, जेठ काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ । यसका साथै सहकारी ऋण असुली स्थपना गरिने सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको छ । ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी,कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिनेछ’, अर्थमन्त्री विष्णु पौडेलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भनेका छन् ।...