राजनीति

‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, वैशाख काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गरेका छन् । सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्रि र जनताका आवश्यकता बुझेर सकरात्मक परिवर्तनमा लाग्नुपर्ने बताए । उनले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राखेका छन् । “लोकतान्त्रिक मूल्य, मान्यता अनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ / २०६२/६३ को परिवर्तन ल्याएका हौँ । प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक...
शिक्षक आन्दोलनको २३औँ दिन,नाचगान छाडेर सडकमै रक्तदान

शिक्षक आन्दोलनको २३औँ दिन,नाचगान छाडेर सडकमै रक्तदान

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, वैशाख काठमाडौं । शैक्षिक हडताल गरेर आन्दोलनमा रहेका शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् । माइतीघर–नयाँबानेश्वर सडक खण्डमा विगत २३ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले रक्तदान गरेका हुन् । दिनहुँ नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकमै रक्तदान गरेका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् । उनीहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ । त्यस्तै एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।...
सदनमा सशक्त रूपमा प्रस्तुत हुन अध्यक्ष ‘प्रचण्ड’को निर्देशन

सदनमा सशक्त रूपमा प्रस्तुत हुन अध्यक्ष ‘प्रचण्ड’को निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
११, वैशाख काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू संसद्बार पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । ‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनाधार भएका व्यक्तिहरू पार्ट...
शिक्षामन्त्री पन्तको शपथग्रहण आज

शिक्षामन्त्री पन्तको शपथग्रहण आज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, वैशाख काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ । एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् । पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।...
सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

ताजा अपडेट, राजनीति, समाचार
११, वैशाख काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पुँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रूपान्तरण गर्न सकिने बताएका छन् ।...
अमेरिकीले एमसिसी कार्यक्रम बन्द गर्‍यो

अमेरिकीले एमसिसी कार्यक्रम बन्द गर्‍यो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, वैशाख काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजिइ) ले यो निर्णय गरेको हो । एमसिसी सन् २००४ मा राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा स्थापना गरिएको थियो, जसको उद्देश्य विश्वव्यापी गरिबी घटाउने र आर्थिक विकास प्रवर्द्धन गर्ने थियो। हालसम्म एमसीसीले वार्षिक करिब ९०० मिलियन अमेरिकी डलरको बजेटमा विभिन्न विकास परियोजनाहरू सञ्चालन गर्दै आएको थियो । डिओजिइले एमसीसीका सबै कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ, यद्यपि मङ्गोलिया, सेनेगल, नेपाल र आइभोरी कोस्टमा जारी केही पूर्वाधार परियोजनाहरूलाई अस्थायी रूपमा जारी राखिनेछ। एमसीसीका करिब ३०० कर्मचारीलाई अप्रिल २९ भित्र स्वैच्छिक अवकाश, सेप्टेम्बरसम्म तलबसहितको राजीन...
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, वैशाख काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा, राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुनेछ ।...
राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गरेका हुन् । राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलका अनुसारा भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरेका छन् । उनले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरव इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिव...
भोलि ११ गते काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुदैछ : शंकर पोखरेल

भोलि ११ गते काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुदैछ : शंकर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० वैशाख,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैशाख ११ गते (भोलि) काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले युथ सेलिब्रेसनको उक्त जमघटमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् । उनले भने,  ‘ भोलि पार्टीले १ बजे भृकुटीमण्डपमा युवाहरूको ऐतिहासिक जमघट गर्दैछ ।त्यसमा हामीले युथ सेलिब्रेसन गर्दछौं । युवाहरूको सो जमघटबाट मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश हामीले दिनेछौँ ।’  उनले भने। लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नु पर्ने उनको भनाई छ । नेकपा (एमाले)ले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा बिशेष कार्यक्रम गर्न लागेको जनाएको छ।साथै उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको पनि एमालेले जनाएको छ । यु...
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज भेटघाट भएको छ । विश्व विजेता कार्लोस नेपाल सुरपल लिग एनएसएलको तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनले नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागे...