राजनीति

नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, वैशाख काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् । त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।...
निजामती विधेयक आज पास गर्ने तयारी

निजामती विधेयक आज पास गर्ने तयारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, वैशाख काठमाडौं । संघीय निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको हो । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार विधेयकमा करिब सहमति जुटेको छ । उनका अनुसार ट्रेड युनियनको विषयमा रहेको विवाद पनि समाधान भएको छ । हाल रहेकै जस्तो ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुन बनाउने विषयमा सहमति जुटेको हो । प्रदेश सचिव प्रदेश निजामती सेवाकै हुने छ । तर, दश वर्षसम्म संघबाट प्रदेश सचिव खटाउन सक्नेगरी ऐन बनाउने विषयमा सहमति भएको छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने छ । तर, यो पदमा पनि संघले दश वर्षसम्म कर्मचारी खटाउने गरी ऐन बन्ने भएको छ ।...
भारतीय विद्युत् मन्त्री खट्टरद्वारा मुक्तिनाथमा पूजार्चना

भारतीय विद्युत् मन्त्री खट्टरद्वारा मुक्तिनाथमा पूजार्चना

ताजा अपडेट, राजनीति, समाचार
१०, वैशाख काठमाडों । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जा मन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए । त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।...
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, वैशाख काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्था पन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेपाल ...
प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा

प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुस्खको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ । ” उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।...
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
१०, वैशाख काठमाडौं । नेपाल र भारतबीच लम्की-बरेली र इनरुवा-*पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ४०० केभी क्षमताका यी अन्तरदेशीय प्रसारण लाइन निर्माणका मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको छ । भारतीय मन्त्री खट्टर ऊर्जा मन्त्री खड्काको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा छन्। सम्झौताअनुसार इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ, जसमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ । नेपाल विद्युत् प्राधिकरणका...
प्रधानमन्त्री ओलीद्वारा कम्युनिष्ट योद्धा सम्मान प्रदान

प्रधानमन्त्री ओलीद्वारा कम्युनिष्ट योद्धा सम्मान प्रदान

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, वैशाख काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरूलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् । स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) लाई उक्त सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरूको संघर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो ।...
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने

भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, वैशाख काठमाडौं । भोली (बुधबार)देखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म तय गरिएको जानकारी दिए । २०८२ बैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो । महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।  ...
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
९, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भने, “उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।” प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र काँग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउव...
भारतीय विद्युत् मन्त्री आइपुगे नेपाल

भारतीय विद्युत् मन्त्री आइपुगे नेपाल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
९, वैशाख काठमाडौं । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलवार नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।गएको माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत् मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा सङ्खुवासभा तुम्लिङटार सब स्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...